Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

वरिष्ठ नेता पौडेलको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका दस सुत्र) नीतिगत अवधारणा सार्वजनिक गर्नुभएको छ

पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उहाँले आज बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्र्दै सो नीतिगत अवधारणा कांग्रेसको भावी वैचारिक बहसका लागि उपयोगी हुने बताउनुभयो । महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान कांग्रेसका कार्यकर्ताले पार्टीको सिद्धान्त के हो, यी सिद्धान्तलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्ष रहे भन्नेमा विवेचना गर्नु आवश्यक रहेको नेता पौडेलको जोड थियो ।

उहाँले भन्नुभयो, “आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो । व्यक्ति व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थामा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्था पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन ।”

कांग्रेस र नेपाली समाजको लोकतान्त्रिकरण गर्दै नेपाली संस्कृति, संस्कार र नेपाल राज्यको भविष्यको पुनःसंरचनाका लागि नेता पौडेलले दस सुत्र अघि बढाउनुभएको छ । वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा लैजानुपर्ने, कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पार्नुपर्ने, विकृति, विसङ्गती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने नेता पौडेलको भनाइ छ ।

यो पनि पढनुस !!

यसैगरी राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरुपले पछि पारिएका महिला, दलित, जनजाति, मधेसी तथा विपन्न जनता केन्द्रित नीति, कार्यक्रम अघि बढाउनुपर्ने, निमुखालाई न्याय, विपन्नलाई आय मूल ध्येय बनाउनुपर्ने, विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा बनाउनुपर्ने उहाँको सुत्र छ ।

सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गर्नुपर्ने, नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असङ्लग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाउनुपर्ने, कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउनुपर्ने नेता पौडेलले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.