Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

प्रोफेसर ईश्वरीको जीवनीको विमोचन

देशमा वाणिज्य शिक्षाका सुरुआत गर्नुभएका स्व प्रा ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको प्रा ईश्वरीको जीवनी नामक आत्मकथा पुस्तकको विमोचन गरिएको छ

देशमा वाणिज्य शिक्षाका सुरुआत गर्नुभएका स्व प्रा ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको प्रा ईश्वरीको जीवनी नामक आत्मकथा पुस्तकको विमोचन गरिएको छ । ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित समारोहमका पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा लामो समय निजामती सेवामा रहँदा राष्ट्रिय वाणिज्य बैंक, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट, भृकुटी कागज कारखाना, बुटबल धागो उद्योग, लुम्बिनी कागज कारखानाको स्थापना गर्दाको अनुभव उल्लेख गरिएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भवन निर्माण तथा नेपाल वायुसेवा निगमलाई दुईवटा बोइङ ७५७ नयाँ जहाज खरिद गरी राष्ट्रिय ध्वजाबाहकलाई भारत, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड, सिङ्गापुर, जापान, पाकिस्तान, जर्मनी र बेलायतसम्म उडान गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई पनि पुस्तकमा अनुभूतिका रुपमा समावेश गरिएको छ । उहाँ मन्त्रालयमा सचिव भई काम गर्नुभएको थियोस्व ईश्वरीलालको ९१ वर्षको उमेरमा २०७५ सालमा निधन भएको थियो ।

यो पनि पढनुस !!

पुस्तक विमोचन गर्दै पूर्वमन्त्री लोहनीले २०११ भदौ १७ गते १७ जना विद्यार्थी जम्मा गरेर स्व ईश्वरीलालले सुरु गर्दा आफू पनि विद्यार्थीको रुपमा सो समूहमा समावेश हुन पाएको प्रसङ्ग उल्लेख गर्दै उहाँबाट दीक्षित हुन पाएका कारण नै आफूले उच्च शिक्षा हासिल गर्न सकेको बताउनुभयो ।

प्रतिष्ठानका संरक्षक तथा ईश्वरीलालकी धर्मपत्नी सुभद्रा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राडा पुष्कर ब्रजाचार्यले स्व ईश्वरीलालले नेपालको वाणिज्य र व्यवस्थापन शिक्षाको विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका सदस्य एवं स्व ईश्वरीलालका छोरा डा प्रकाशलाल श्रेष्ठले नेपालको शिक्षा, पर्यटन तथा आर्थिक विकासको क्षेत्रमा पु¥याउनुभएको योगदानलाई स्मरणीय गराउन पुस्तक सहयोगी हुने धारणा राख्नुभयो । प्रा डा प्रेमराज पन्तले पनि स्व ईश्वरीलाल नेपालको उद्योग र वाणिज्यको ज्ञानभण्डार हुनुहुन्थ्यो भन्नुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.