Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”

यस्तै नेकपा (एमाले)का नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमानै नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।”

यो पनि पढनुस !!

फरक प्रसङ्गमा बोल्दै उहाँले आफू सचिवको उम्मेद्वार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”

नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्यमा समस्या छैन । १० बँुदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”

महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उहाँले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।” आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उहाँले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।”

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.