११ वडास्तरीय अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको नेकपा माओवादी तारकेश्वर नगरपालिकाले शुक्रबार नगर अधिवेशन सुरु गर्न लागेको छ। नेकपा माओवादी केन्द्र तारकेश्वर नगरपालिकाले शुक्रबार गर्ने नगर अधिवेशन जरखु साझा पार्टी प्यालेसमा नेपाल सरकारका भूमिसुधार मन्त्री एवम् नेकपा माओवादीकी नेत्री शशी श्रेष्ठको प्रमुख आतिथ्यमा मंसिर १० गतेको दिन दिउँसो १ बजे कार्यक्रम सञ्चालन हुने नगर सम्मेलन आयोजक समितिका अध्यक्ष रामकुमार थापाले नेपाल जनखवर मिडियालाई जानकारी दिनुभयो। अधिवेशनबाट ११ वडाले नयाँ नेतृत्व चयन गरी सुनौलो ईतिहास रचेको छ भने शुक्रबार हुने नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगरपालिका अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित प्रतिनिधिहरूले पनि नेतृत्व पाएसँगै सुनौलो ईतिहास रच्ने अवसर प्राप्त गर्नेछन्।
ट्रेनडिंग