स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो ।निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ ।
संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उहाँको भन्दा धेरै मत उहाँको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।