Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा आयोजना गरिएको सम्मेलनका लागि ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा आयोजना गरिएको सम्मेलनका लागि ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको हो ।

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन ।
बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गर्नु भएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.