Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।

धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले हाम्रो पार्टी दक्षिणपन्थी भासमा भासिएको छैन्, क्रान्तिकारी सोचका साथअघि बढ्ेको छ भन्नुभयो । “पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ”, उहाँले भन्नुभयो, “सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ । प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।”

अध्यक्ष नेपालले नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गर्नुभयो । यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उहाँले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

यसैगरी अध्यक्ष नेपालले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–१ किशोरी नगरमा नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई माला, अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो ।

गाडीबाट लडेर विद्यार्थीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गुडिरहेको गाडी (विङ्गर) बाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नं को विङगरको ढोका छेउबाट लडेर धनुषाधाम नगरपालिका–७ भगवानपुरी निवासी १८ वर्षीया पूजाकुमारी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

महतो धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त रहेको जनाइएको छ । गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.