Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

चीनद्धारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ

इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राख्नुभएको हो । उहाँले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुशी व्यक्त गर्नुभएको थियो । उहाँले इराकले शान्तिपूर्ण रुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उहाँले बताउनुभएको थियो ।उहाँले भन्नुभएको छ– हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरु शान्तिपूर्ण रुपमा राख्न, आफ्ना मागहरु आफूहरु नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरु शान्तिपूर्ण रुपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौँ ।साथै उहाँले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गर्नुभएको छ । यसरी गरिने हिंसा र आतङ्कका घटनाहरुबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने पनि उहाँले बताउनुभएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.