Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

पाँच अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ

वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिका लागि विभागले रु ६५ अर्ब ११ करोड ४१ लाख रुपैया राजस्व सङ्कलनको लक्ष्य दिएकामा कार्यालयले रु ७० अर्ब १२ करोड १४ लाख राजस्व सङ्कलन गरेको थियो ।

यो पनि पढनुस !!

कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व सङ्कलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट सङ्कलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट सङ्कलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल सङ्कलन गर्न रु २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएका रु २४ अर्ब ४१ करोड ८४ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । यसैगरी मूल्य अभिवृद्धि कर रु २० अर्ब ८१ करोड २८ लाख सङ्कलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.