Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

शालग्रामप्रति आर्कषण बढाउन ‘भजन महोत्सव’

युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा ‘शालग्राम भजन महोत्सव’ आयोजना गरिएको छ

युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा ‘शालग्राम भजन महोत्सव’ आयोजना गरिएको छ । पुरानो संस्कृतिको रुपमा रहेको लोकभजन जोगाउन जिल्लावासी कस्सिएर लागेका छन् ।

यसअघि जिल्लामा राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएकामा अहिले बागलुङ नगरपालिका–४ कुडुँलेस्थित श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयमा यही मङ्सिर २४ देखि २८ गतेसम्म प्रथम शालग्राम भजन महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा लोक भजन संरक्षण अभियान्ता राजु खड्काले बताउनुभयो ।
धार्मिक पर्यटकलाई आर्कषण गर्नका लागि महोत्सव आयोजना गरिएको बताउँदै उहाँले यो महोत्सव अन्य महोत्सवभन्दा पृथक रहेको छ भन्नुभयो ।

यो पनि पढनुस !!

प्रतियोगितामा प्रतिस्पर्धा हुने भएकाले खुल्लारुपमा भजन आयोजना गरिएको उहाँको भनाइ थियो । शालग्राम सङ्ग्रहालय दुई वर्षदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।
“सवा एक लाख शालग्राम एकसाथ दर्शन गर्न सकिनेगरी भूमिगत रुपमा बनाइएको सङ्ग्रहालयमा धार्मिक पर्यटक भित्र्याउने र शालग्रामको विषयमा जानकारी दिनेगरी भजन महोत्सव आयोजना गरिएको छ” अध्यक्ष खड्काले भन्नुभयो ।

यसअघि भजन प्रतियोगिता आयोजना गरेपनि प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको भजन महोत्सवका जैमिनी सङ्कृतनका अध्यक्ष सङ्गम क्षेत्रीले जानकारी दिनुभयो । “चार पाँच वर्षदेखि भजन प्रवद्र्धनका लागि लागिरहेका छौं, राष्ट्रिय भजन प्रतियोगितामा बागलुङले आफ्नो क्षमता देखाउँदै आएको छ, हामीहरु नै मिलेर दुईपटकसम्म भजन प्रतियोगिता गरेका छौँ” क्षेत्रीले भन्नुभयो, “प्रतियोगिता भन्ने वित्तिकै हारजित हुने भएकाले यसपक सबैले खुल्ला रुपमा भजन देखाउन पाउनेगरी महोत्सव आयोजना गरिएको छ, सहभागीले आफ्नो भजन प्रस्तुत गर्न सक्नेछन्, देशभरबाट ४५ भन्दा बढी भजन समूह सहभागी गराउदा पर्यटन प्रवद्र्धन हुने र शालग्रामको सङ्ग्रहालयको समेत प्रवद्र्धन हुनेछ ।”भजन महोत्सवमा सहभागीलाई यातयात खर्च दिइनेछ भने दैनिक रुपमा उत्कृष्ट भजनलाई सम्मानित गरिने भएको छ । महोत्सवमा रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.