Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो ।
यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले जनाएअनुसार यहाँ हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् । सो सेन्टरद्धारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ९२ हजार ८०० जना संक्रमित भएका छन् ।

उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला सात दिनभन्दा यो हप्ता यहाँ ९० हजारको हाराहारीमा यी संक्रमित भेटिएका छन् । तर सोमबार भने यसमा बृद्धि भएको हो । त्यसैगरी सो सेन्टरको तथ्यांकअनुसार यहाँ हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ । पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या नै बढ्दै गएको देखिएको हो ।यहाँ कोभिड विरुद्धको खोप लगाउने संख्या भने धेरै छ । उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउनेलाई भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ ।

त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी मृत्युको सम्भावना रहन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.