Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बैतडी कांग्रेसमा कडा प्रतिस्प्रर्धा

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन्

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । मङ्गलबार हुने निर्वाचनका लागि चतुरबहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ । यसअघि शनिबार सम्पन्न दुइवटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र (क)मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र (ख)मा शिवराज भट्ट विजयी भएका छन् । प्रदेश क्षेत्रमा सोचेअनुसारको नतिजा नआए पनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीको दाबी छ । उहाँले भन्नुभयो, “नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौँ ।”

यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ । प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताउनुभयो । चतुरबहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन् ।

चौध जना निर्विरोध

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको लमजुङ्को जिल्ला अधिवेशनबाट १४ जना निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस लमजुङ जिल्ला कार्यसमितिको विभिन्न पदमा १४ जना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताउनुभयो । निर्विरोध भएकाबाहेक अन्य पदका लागि आज दिउँसो ३ बजेदेखि मतदात सुरु भएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.