Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

एमाले अध्यक्षमा डा रावलको उम्मेदवारी घोषणा

नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ

नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन तथा गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधानलगायतका राजनीतिक र सङ्गठनात्मक दस्तावेजहरु पारित भए पनि त्यसमा उल्लिखित विषयहरुलाई प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपरिहार्य हुने बताउनुभयो ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

“पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसँग अनेकौँ पटक वार्ता गर्नाका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेँ तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरू नै भएकाले वाञ्छित परिणाम हासिल गर्न सकिएन,” नेता रावलले भन्नुभयो, “एमाले सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु । यो कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एक मात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो । सिद्धान्तनिष्ठ, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरि हितमा समर्पित सशक्त एमाले मेरो चाहना हो ।”

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.