Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९४ हजार थियो ।

यो पनि पढनुस !!

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.