Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

दुव्र्यसनमुक्त समाज निर्माणका लागि धार्मिक क्षेत्र अवलोकन गरिने

श्रीकृष्ण प्रणामी धर्म तारतममन्त्र अवतरण भएको ४००औँ वर्षको अवसरमा शुक्रबार ललितपुरमा ‘पृथ्वी परिक्रमा महोत्सव २०७८’ आयोजना गरिने भएको छ

श्रीकृष्ण प्रणामी धर्म तारतममन्त्र अवतरण भएको ४००औँ वर्षको अवसरमा शुक्रबार ललितपुरमा ‘पृथ्वी परिक्रमा महोत्सव २०७८’ आयोजना गरिने भएको छ । हरिसिद्धिस्थित प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समितिले युवालाई दुव्र्यसनबाट मुक्त गराएर भयरहित समाज निर्माण गर्न सो कार्यक्रम गर्न लागेकोे हो ।
ललितपुर महानगरपालिकाका हरिसिद्धि, धापाखेल, सुनाकोठी र पुल्चोकका मन्दिर अवलोकन गर्नाका साथै महालक्ष्मी नगरपालिकाअन्तर्गत इमाडोल र साना गाउँका धार्मिक क्षेत्रमा पद्यात्रा गरिने परिषद्का जिल्ला अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यस कामले युवालाई धार्मिक काममा व्यस्त बनाउनाका साथै सकारात्मक कामप्रति आकर्षण गर्नेछ ।” सभ्य र शान्त समाज निर्माणका लागि सो काम अति आवस्यक देखिएको उहाँको भनाइ थियो । भोलि शुक्रबार आयोजना गरिने परिक्रमा बिहान ६ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने र इच्छुक जोसुकैले पनि यसमा सहभागी हुन पाउने सचिव सचिन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो,“महादेवपुत्र गणेश र कुमारबीच को सर्वश्रेष्ठ ? र कसलाई पहिला पुजिने ? भन्ने विषयमा विवाद भयो । यसमा दुबैले आफैँलाई सर्वश्रेष्ठ घोषणा गरेकाले निष्कर्ष निकाल्न उनीहरु ब्रम्हाजीका गए । ब्रम्हाले यो कुरा विष्णुलाई सोध भने । उनीहरु विष्णुकोमा गए । विष्णुले पनि मलाई होइन, महादेवलाई सोध भने । उनीहरु आफ्ना पिता महादेवका आएर यस प्रश्नको उत्तर सोधे । महादेवले तिमीहरुमध्ये जसले पहिला पृथ्वी परिक्रमा गर्न सक्छ त्यही सर्वश्रेष्ठ हो भनेकाले कुमार आफ्नो बहान मयुर चढेर पहिलै पुथ्वी परिक्रमा गर्न निस्किए तर गणेशको पेट ठूलो र बहान मुसो सानो भएकाले उनलाई आपत प¥यो । उनले आफू सफल नहुने चिन्तामा डुबेपछि मुसाले एक जुक्ति बतायो । यसै बमोजिम गणेशले ‘यो संसारमा सबैभन्दा ठूलो पृथ्वीे र मातापिता नै हुन्’ भनेर शिवपार्वती बसेको कैलाश पर्वत परिक्रमा गरेर प्रथम पुज्य भएको कथालाई आधार मानेर महानगरपालिका र महालक्ष्मीनगरपालिकाका तीर्थस्थल परिक्रमा गर्न लागेका हौँ ।”
सो कथाले संसारमा हरेक मानिसका लागि सबैभन्दा ठूला मातापिता हुन् भन्ने अर्काे सन्देश पनि दिएकाले आजको समाजमा मातापिताप्रति सम्मान घट्दै गएको अवस्थामा त्यसो नगर्न पनि पदयात्रामार्फत सचेत गराउने हुने सचिव महर्जनले जानकारी गराउनुभयो ।

यो पनि पढनुस !!

ललितपुरमा मुलुककै लामो रातो मच्छिन्द्रनाथ रथजात्रा, माइला नारायणका रुपमा पुजिने विशङ्खुनारायण, प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर, दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर, व्यापारीको आराध्य देवता मानिने भीमसेन, वृहस्पति ग्रहको रुपमा पूजिने बङ्गलामुखी देवी र जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने कुम्भेश्वर महादेव, सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वर महादेव, प्रत्येक ब्राह वर्षमा कुम्भमेला लाग्ने सिद्धेश्वर महादेव, रुद्रायणीदेवी अनि सिकाली आदि थुप्रै नाम चलेका मठमन्दिर छन् । उक्त परिषद् २०४७ सालमा स्थापना भएपछि विभिन्न धार्मिक काम गर्दै आएको उहाँले बताउनुभयोे ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.