Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अफगानिस्तानको राजधानीमा भएको विष्फोटमा दुई सर्वसाधारण घाइते

अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन्

अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।
पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भीडभाडको समयमा विष्फोट भएको प्रत्यक्षदर्शी मोहम्मद नाबीले सिन्ह्वालाई बताएका छन्।
“विष्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिवानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विष्फोट भएको थियो,” उनले भने। उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन हुन सकेको छैन। आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको बिरूद्ध इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतङ्ककारी हमलाहरू भोगिरहेको छ।
शनिबार पश्चिमी काबुलमा सार्वजनिक मिनिबसमा जोडिएको बम विष्फोट हुँदा एक पत्रकारको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.