Nepal Jana Khabar
हरेक जनताको खबर
२८ फाल्गुन २०८१, बुधबार
ट्रेनडिंग

टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब २५ हजार सङ्क्रमित

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा मृत्यु हुनेको संख्या पनि १९७ पुगेको छ । केही समयपछि यहाँ मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन बृद्धि हुदै गएको बताइएको छ ।यहाँका अधिकारीहरुले टर्कीमा अहिलेसम्म यो सङ्क्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् । टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो सङ्क्रमण पुगेको छ ।

यो पनि पढनुस !!

पछिल्ला केही हप्तामा युरोपमा यो सङ्क्रमण बढ्दै गएको देखिएको छ । अहिले यहाँ सङ्क्रमणको दर झन् बढेको अधिकारीहरुले जनाएका छन् ।विश्व स्वास्थ्य संगठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपिल पनि गरेको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.