Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

आक्रमणमा बाँच्न सफल भएपछि इराकी प्रधानमन्त्रीद्वारा शान्ति वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गर्नुभएको छ

इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गर्नुभएको छ।
अल-काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै “कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरूको लागि राम्रो भविष्य सृजना गर्न सकिने बताउँदै सबल र सुन्दर मातृभूमि निर्माण गर्न सबै पक्षसँग आग्रह गर्नु भएको छ ।
“म सबै पक्षहरूलाई इराक र यसको भविष्य निर्माण गर्न शान्ति वार्ताको सहारा लिन आह्वान गर्दछु,” अल-काधिमीले आफ्नो भाषणमा उल्लेख गर्नुभएको छ ।
बिहानको समयमा अल-काधिमी इराकी सरकार र विदेशी दूतावासका केही मुख्य कार्यालयहरू रहेको बलियो सुरक्षायुक्त ग्रीन जोन स्थित उहाँको निवासमा बुबी-ट्रप ड्रोनद्वारा आक्रमण गरिएको थियो ।
गत महिनाको चुनावी नतिजालाई अस्वीकार गर्ने राजनीतिक दलका अनुयायीहरूले गरेको विरोधको बीचमा हत्याको प्रयास भएको हो।
शुक्रबार प्रदर्शनले ग्रीन जोनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूसँग झडपको उग्र रूप लिएको थियो जसमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
गत अक्टोबर १० मा भएको संसदीय चुनावको मतपरिणामबाट असन्तुष्ट राजनीतिक दलहरूले चुनावमा धाँधली भएको र ‘बनावटी परिणाम’ स्वीकार नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।
इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले राजनीतिक दलहरूद्वारा पेश गरिएका अपील र गुनासोहरूलाई विचार गरिरहेको बेला राजधानी बगदादलगायत इराकी शहरहरूमा चुनावी परिणामहरूलाई अस्वीकार गर्ने राजनीतिक दलहरूका अनुयायीहरू सडकमा आन्दोलित छन् ।
——

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.