Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

रसुवामाइको मन्दिर पुनःनिर्माण गर्न माग

रसुवागढीको सीमा क्षेत्रमा अवस्थित रसुवामाइको मन्दिर निर्माण गर्न भक्तजनले माग गरेका छन्

रसुवागढीको सीमा क्षेत्रमा अवस्थित रसुवामाइको मन्दिर निर्माण गर्न भक्तजनले माग गरेका छन् । नेपाल–चीनबीचको सीमास्थित लेहेन्देखोला र भोटेकोशी सङ्गमस्थल ऐतिहासिक गढीको पर्खाल फेदमा रहेको रसुवामाइको दर्शन गर्ने स्थानीयवासीले पूजाआजामा सहज पार्न मन्दिर निर्माण गर्न आग्रह गरेका हुन् ।

नेपाल तिब्बत्बीच युद्धका समयमा मन्दिर स्थापना र पूजाआजापछि रसुवामाइको बरदानबाटै नेपालीले तिब्बती फौजलाई परास्त गर्न सफल भएको विश्वास गरिन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको रसुवागढी क्षेत्रमा अवस्थित रसुवामाइको मन्दिर पुनःनिर्माण गरिदिन सरोकार निकायलाई आग्रह गरिएको रसुवा भन्सारका पूर्वप्रमुख अधिकृत रामप्रसाद रेग्मी बताउनुहुन्छ ।

तीनतिर होचो जीर्ण पर्खालको गारोभित्र मन्दिर अवस्थित रहेकाले एक पटकमा एक भन्दा बढीले दर्शन गर्न असहज हुने गरेको दर्शनार्थी बताउँछन् । रसुवागढीबाट चीनसँगको व्यापारिक कारोवार सुरु भएदेखि नै दिनप्रतिदिन मानिसको चहलपहल बढ्दै गएको छ । रसुवागढी पुगेका सबै मानिस रसुवामाइको दर्शन गरेर मात्र फर्कने गरेको बताइन्छ ।

यो पनि पढनुस !!

विसं १८४८ तिरै रसुवामाइ स्थापना भएको आकलन गर्दै पूर्वप्रशासक एवं इतिहासकार रेशमबहादुर पाण्डेले ऐतिहासिक धरोहर क्षेत्रमा पुरातत्व विभागले विशेष ध्यान दिन जरूरी रहेको बताउनुभयो ।

विसं २०७२ को भूकम्पको असरले मन्दिरलाई घेरिएको तीनतिरको पर्खालसमेत जीर्ण भएको जनाउँदै स्थानीय बासिन्दाले विगतमा पुनःनिर्माण प्राधिकरणले समेत मन्दिर निर्माणमा बेवास्ता गरेको गुनासो गरेका छन् । भूकम्पले असर पु¥याएको रसुवागढीको किल्लालाई पुरातत्व विभागले मर्मत गराए पनि संँगै रहेको रसुवामाइको मन्दिर निर्माणमा ध्यान नपुग्दा पूजाआजामा असहज बन्दै गएको भक्तजन बताउँछन् ।

मन्दिर नजिकै सीमा एवं भन्सार सुरक्षाको भवन तथा भन्सार कार्यालयसमेत निर्माणाधीन रहेको र सो कार्यालयले गढीक्षेत्रबाट कार्यालय सञ्चालन गरेपछि बढ्न सक्ने भक्तजनको चापलाई ध्यानमा राखी आस्थाको धरोहर मन्दिर निर्माणलाई प्राथमिकता दिन स्थानीय बासिन्दाले सुझाव दिएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.