Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

अध्ययन अवस्था नाजुक हुँदै

रुपन्देही जिल्लाका शैक्षिक संस्था बन्द हुँदा यहाँको विद्यार्थीको अध्ययनमा ह्रास आउन थालेको छ

रुपन्देही जिल्लाका शैक्षिक संस्था बन्द हुँदा यहाँको विद्यार्थीको अध्ययनमा ह्रास आउन थालेको छ । कोभिड–१९ को माहामारीका कारण शिक्षा क्षेत्रमा सङ्कट देखिएको हो ।विसं २०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण यहाँका विद्यालय बन्द छन् । विद्यार्थीहरु घरमै बस्न बाध्य भएकाले अध्ययन तथा अध्यापनमा असर परेको हो । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले विगत दुई वर्षदेखि स्कुल गएर पढ्न नपाएकाले असर परिरहेको सरोकार व्यक्तिको भनाइ छ ।

कोभिडको पहिलो र दोस्रो लहरको असर अझै कामय रहेकाले विद्यालय पुनः सञ्चालन गर्न सरोकार निकायहरु तयार नहुँदा अभिभावकहरु विभिन्न निकायसम्म पुग्ने गरेका छन् ।युनिभर्सल पब्लिक हाई स्कुलका प्रबन्ध निर्देशक गोकुल पोखरेलले लकडाउनले पढ्ने विद्यार्थीहरुलाई असर परेको बताउनुभयो । उहाँले निजी विद्यालयको अवस्थासमेत नाजुक भएकाले विद्यालयका सञ्चालकमा आर्थिक दायित्व बढ्नाका साथै विद्यार्थीको अध्ययन नाजुक हुँदै गइरहेको छ भन्नुभयो ।

यस्तै अवस्था रहे नेपालको शैक्षिक स्थिति डामाडोल हुने प्रबन्ध निर्देशक पोखरेलले जिकिर गर्नुभयो । विद्यार्थीहरु दिनभर घरमै बस्दा उनीहरूमा मानसिक असर पनि परेको शिक्षाविद्हरुले बताए । रिसाउने, झर्किने, जिद्दीपनजस्ता नकारात्मक व्यवहारसमेत देखाउने गर्दा अभिभावकहरु समेत बिचल्लीमा परेका छन् ।

जेसिज इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक हिरा गुरुङले लकडाउनका कारण विद्यार्थीलाई भौतिक रुपमा पढाउन नसके पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताउनुभयो । अनलाइन कक्षा सञ्चालन गर्दा सबै विद्यार्थी सहभागी नहुने गरेकाले सिकाइमा समस्या देखिएको उहाँको भनाइ थियो ।

यो पनि पढनुस !!

एसईई आजदेखि सुरु, कति छन् परीक्षार्थी ?

सरकारले कोभिडपछिको लकडाउनलाई निरन्तरता दिँदा विकल्पका रुपमा शैक्षिक संस्था चलाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै प्रधानाध्यापक गुरुङले भन्नुभयो, “यातायात, पर्यटन, मनोरञ्जन क्षेत्र खुल्ला गर्दा शैक्षिक क्षेत्र पनि खुल्ला गर्न सरकारले अनुमति दिनुपथ्र्यो ।”

नेपाल सरकारले स्थानीय सरकारलाई अवस्था हेरी स्कुल सञ्चालन गर्ने अनुमति दिए पनि स्थानीय जनप्रतिनिधिहरुले भने बेवास्ता गर्दै आएका छन् । फ्युचर लाइट इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल गम्भीर गुरुङले शैक्षिक संस्थामा भौतिक रुपमा कक्षा सञ्चालन गर्नका लागि छलफल चलिरहेको बताउनुभयो ।

संसारभर कोभिडका कारण मानिस आतङ्कित भइरहेको बेलामा हामीले पनि यस्ता कुरालाई दृष्टिगत गरी व्यक्तिगत, सामूहिक र संस्थागत रुपमा निर्णय लिनुपर्दछ । उहाँले भन्नुभयो, “प्याब्सनले सरकारसँग छलफल गरिरहेकाले सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालन गरी शैक्षिक संस्थाहरु सञ्चालन सकिने अपेक्षा गरिएको छ ।”

नेपालमा शैक्षिक अवस्थाको मापनमा समेत असर पर्ने खालका योजना र निर्णयलाई रोकेर शैक्षिक संस्थाहरु वैकल्पिक माध्यम अपनाएर खोल्नुपर्नेमा सरोकार व्यक्तिले जोड दिएका छन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.