Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

सयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ

सयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।

हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ सयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ ।

उहाँले भन्नुभयो– मैले यो एक बैठकको आह्वान गर्नेछु र यस मञ्चमा विश्वका नेताहरुले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुनेछ ।
यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताका लागि विश्वका नेताहरुको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुनेछ उहाँले भन्नुभएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.