Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाई

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिनुभएको छ

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिनुभएको छ ।

उहाँले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राख्नुभएको हो ।
संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उहाँले सो जानकारी दिनुभएको हो ।

त्यस क्रममा उहाँले भन्नुभयो– मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीहरुले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असरका बारेमा आफूहरुले गर्नुपर्ने कामहरुको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उहाँले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.