Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच / पाँच हजार छ ।

भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा सङ्घले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय सम्झौता समेत भएको छ । सम्झौतापत्रमा सङ्घका अध्यक्ष अमिर रामदाम र व्यवसायी सुनारले हस्ताक्षर गर्नुभएको छ । सो पुस्कार हरेक वर्ष देशभरका दलित पत्रकारमध्येबाट एक, चितवनका एक र जिल्लाकै क्रियाशील पत्रकारमध्येबाट एक जनालाई अर्पण गरिने जनाइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.