Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन

धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सो अवसरमा उपमहानगरप्रमुख नृपबहादुर वडले ९८ प्रतिशत थारु जातिको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु सङ्ग्रहालय स्थापना हुनु आफैँमा गर्वको कुरा रहेको उल्लेख गर्नुभयो । सङ्ग्रहालय हेर्न आउने वातावरण बनाउन आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पटेला गाउँमा होमस्टे निर्माणका लागि पनि उपमहानगरपालिकाले पहल थाल्ने छ ।”थारु कला संस्कृतिको जगेर्ना गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जातिबारे विभिन्न जानकारी दिन सङ्ग्रहालयबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पूराना गरगहनालगायत सामग्री सङ्ग्रहालयमा राखिएको बताइको छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.