Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताउनुभएको छ

क्षेत्रीप्रहरी महानिरीक्षक शैलेश थापाले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताउनुभएको छ । उहाँले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताउनुभयो । आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक थापाले लागूऔषध सेवनकर्ताको उपचार र पुनःस्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर रहे पनि नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित केन्द्रले स्थापनाकालदेखि नै पुनःस्थापन कार्यक्रम अघि बढाएकोमा प्रशंसा गर्नुभयो । लागूऔषध दुव्र्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उहाँले बताउनुभयो । केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यलाई शारीरिक व्यायम तथा प्रशिक्षण प्रदान गर्न बनाइएको व्यायमशालाको उदघाटन गर्नुभयो । सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो । उहाँले नेपाल पुलिस स्कुल सामाखुशीमा अध्ययनरत दुई विद्यार्थीलाई एक वर्षको मासिक छात्रवृत्ति प्रदान गर्नु भएको थियो । समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.