Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

आज विश्वकर्माको पूजा गर्दै कन्या संक्रान्ती देशभरी मनाउँदै

आफूले सञ्चालन गर्दै आएको धातुजन्य सामानहरूको पुजा गर्दै प्रत्येक वर्ष आईरहेका छन्

१ असोज काठमाडौँ । आज असोज १ गते अर्थात कन्या संक्रान्ती। आजको यस दिनमा हिन्दू धर्मावलम्बीहरुले भगवान ब्रह्माको छोरा विश्वकर्माको पूजाआजा गर्दै यसदिन भव्यताकासाथ मनाउने गर्दछन्। निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका आफ्नो विद्वान श्री विश्वकर्माको पुजा गर्ने दिनको रुपमा यस दिनलाई विशेष रुपमा लिने गरिन्छ। हतियारविज्ञ, हस्तकला ,वास्तुकला, शिल्पकारको रुपमा प्रत्येक वर्ष असोज १ गतेका दिन प्रत्येक हिन्दु धर्मालम्बीहरूले भगवान विश्वकर्माको पूजा अर्चना गर्दै आफूले सञ्चालन गर्दै आएको धातुजन्य सामानहरूको पुजा गर्दै प्रत्येक वर्ष आईरहेका छन्।

यो पनि पढनुस !!

यसैगरी यस वर्षको असोज १ गते आज धातुजन्य साम्रागी को पुजा गर्दै दिनभरि धातुजन्य साम्रगी प्रयोग गर्न नहुने हिन्दू धर्ममा आस्था राख्न व्यक्तिहरु बताउँछन् ‌। यसैदिन वास्तु विधामा निपुर्ण रहेका भगवान विश्वकर्माको पूजा गर्दै निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तु लाई प्राथमिकतामा राख्दै विश्वकर्माको पूजा गरिन्छ। तराईका जिल्लामा बसोबास गर्ने व्यक्तिहरुले यसदिन विश्वकर्माको मूर्ति खडा गरी विश्वकर्माको मूर्ति र धातुजन्य सामग्रीहरुमा पुजा गरि दिनभरि धातुजन्य साम्रगीहरुलाई प्रयोग नगरी राख्ने गर्दछन्। वास्तुविधा, हस्तकला, शिल्पकला, हतियारविज्ञ व्यक्तिहरूले आज विश्वकर्मा पूजालाई विशेष पर्वको रुपमा मनाउने गर्दछन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.