Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

प्रमुख प्रतिपक्ष दललाई वार्तामा आउन सरकारको आग्रह

गृहमन्त्री बालकृष्ण खाँडले संसदको माध्यमबाट यस समस्याको समाधान गर्न सकिने तर्क व्यक्त गर्नुभएको छ

काठमाडौँ २८ भदौ दल फुटाउन वर्तमान सरकारले भुमिका खेलेको भन्दै केहीदिनदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले निरन्तर नाराबाजी गर्दै आएका छन्। यसैक्रममा प्रमुख प्रतिपक्ष दलले सभामुख अग्निप्रसाद सापकोटा निष्पक्ष नभएको भन्दै पटक-पटक नाराबाजी र उच्छृंखल गतिविधि गर्नु संसदीय मर्यादा विपरित भएको भन्दै वार्ताका माध्यमबाट समस्याको समाधान गर्न सरकारले प्रमुख प्रतिपक्ष दलका नेतालाई आग्रह गरेका छन्।

सत्तापक्ष गठबन्धनका केही नेताहरुले संसद अवरुद्ध हुने स्थितिको कहिले अन्त्य गर्नु हुन्छ भनेर बारम्बार प्रश्न गरिसकेपछि अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन सभामुखले आज दिउँसो २ बजे समसामयिक विषयमा छलफलको ‌ लागि आग्रह गरेका छन्। संसदमा जारी गतिरोध विषय आज संसदमा महत्वपूर्ण विषय हुने सभामुख सचिवालयले जनाएको छ।

यो पनि पढनुस !!

यसैगरी गृहमन्त्री बालकृष्ण खाँडले संसदको माध्यमबाट यस समस्याको समाधान गर्न सकिने तर्क व्यक्त गर्नुभएको छ। सरकारले वार्ताका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवदेखि संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न आफ्ना पार्टीका नेताहरुलाई निर्देशन दिनुभएको छ।वेल घेराउ गर्ने र तोकिएको नारामात्रै लगाएर संसदीय मर्यादा र सिमाको ख्याल गर्ने विषयमा पनि सचेत रहन आफ्ना पार्टी दलका नेताहरुलाई आग्रह गर्नुभएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.