Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

आज सभामुखद्वारा सर्वदलीय बैठकको आह्वान

२ बजे नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ

काठमाडौँ २८ भदौ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा निष्पक्ष नभएको भन्दै पटक- पटक अवरोध गरेपछि आज सभामुख सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभामुखले सर्वदलीय बैठक आव्हान गर्नुभएपछि बैठक २ बजे नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ। आज दिउँसो बस्ने सर्वदलीय बैठकमा देशको समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,राष्ट्रिय जनमोर्चा पार्टीकी उपाध्यक्ष दुर्गा पौडेल,नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य संसद प्रेम सुवाल,राप्रपाका केन्द्रीय सदस्य नेता राजेन्द्र लिङ्देन बैठकमा सर्वदलीय बैठकमा सहभागी हुने भएको छ।

आजको बैठकले देशको समसामयिक विषयमा छलफल हुनेछ र संसदमा प्रमुख प्रतिपक्षीको पटक-पटकको अवरोधको पनि समीक्षा हुने सभामुख सचिवालयले जनाएको छ‌। आज सभामुखले आह्वान गर्नुभएको बैठक कस्तो रहला भन्ने विषय आम चासोको विषय बन्न पुगेको छ।एनआरएनको निर्वाचन प्रक्रिया स्थगित गर्नु: परराष्ट्र मन्त्रालय। गैरआवासी नेपाली संघ (एनआरएन)को १० औं महाधिवेशन नेतृत्व चयनमा संस्थापन पक्षले जालझेल गरेको छ। यसै विषयप्रति गम्भीर आपत्ती जनाउँदै नेपाल सरकार परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको जालझेलपूर्ण निर्वाचन प्रक्रिया रोक्न गैरआवासीय नेपाली संघलाई निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयले गठन गरेको अनुगमन समितिका अनुसार अन्तराष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद्को विवाद कायमै रहेकोले समयमै विवादको निरुपण गरी जालझेल पूर्ण नेतृत्व चयन भएकाले यस निर्वाचन प्रक्रियालाई रोकी निष्पक्ष रुपमा निर्वाचन गर्न गैरआवासीय नेपाली संघलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयका सचिव भरतकुमार रेग्मीले बताएका छन्। नेपाल सरकार परराष्ट्र मन्त्रालयको निर्देशनलाई स्वीकार गर्दै सरकारसँग छलफल गरी छिटै निर्वाचन सम्पन्न गराउने गैरआवासीय नेपाली संघले जनाएपनि आफ्नो अधिकारिक कारण भने सार्वजनिक गरेको छैन।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.