काठमाडौँ २८ भदौ। रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-५ मा बसोबास गर्दै आएका २७ वर्षीय सीता भण्डारी पौडेलको रहस्यमय निधन भएको एक साता भईसक्दा पनि घटनाको सत्यतथ्य प्रहरीले पत्ता लाउन सकेको छैन। गत साता सीताको शव कोठामा फेला परेको थियो।यस घटना रहस्यमय भएपछि माईतीको परिवारले वुटवल प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए। प्रहरीले उजुरी लिन नमानेपछि माईतीपक्षका व्यक्तिहरूले प्रहरीविरुद्ध आन्दोलित भएका छन्।
माईतीपक्षको परिवारको अनुसार यहि भदौ ६ गते तीज नजिकिएको हुनाले केहि दिन माईतमा बस्न र तीज सकेपछि फर्कन सीता भण्डारी पौडेलको पति टीका पौडेलले माईतमा छोडी घर फर्केका थिए। भदौ १९ गते भतिजीको जन्मदिन मनाउने भन्दै फोन गरेर माईतबाट घर फर्कन आग्रह गरेसँगै सीता घर पुगेका थिए। अर्को दिन बिहान ५ बजे जरूरी काम छ भनी माईतीपक्षका व्यक्तिहरूलाई बोलाएको थियो। जरूरी काम भन्दै सम्धीको आग्रहमा गएका माईती पक्षले आफ्नै छोरी मृत अवस्थामा फेला पर्दा आश्चर्यचकित भए।
त्यससँगै माईतीपक्षको व्यक्तिहरूले आफ्नो छोरीको मुखबाट रगत बगेपछि,मृत ब्यक्ति भुईमा लडेको गला कसिएको फेला पारेपछि हत्या गरिएको शंका गरिएको छ। यसैगरी माईतीपक्षका परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेपनि प्रहरीले दायर गरेको जाहेरी दरखास्त लिन नमानेको छ। यस घटनामा प्रहरीले अहिलेसम्म सत्यतथ्य पत्ता लगाउन सकेको अवस्था छैन। मृत्युको रहस्य पत्ता लगाउने विषयमा सम्बन्धित निकाय मुखदर्सक भएकोले सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक छ।