Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

रौतहट जिल्लामा घाँस काट्न गएका युवकको हत्या

छिटोभन्दा छिटो यस घटनाको बारेमा सत्यतथ्य पत्ता लगाई पिडित परिवारलाई न्याय दिलाउने र अपराधीलाई कानुनको कठघरामा ल्याउने ईलाका प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनुभएको छ

काठमाडौँ २७ भदौ रौतहट चन्द्रपुर नगरपालिका निवासी ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको घाँस काट्न जानेक्रममा सामुदायिक वनमा हत्या भएको छ। शनिबार दिउँसो सामुदायिक वन हत्या गरेको स्थलमा शव फेला परेको छ। मृतक रोहिणीप्रसाद घोरासैनीको भाई बोधनाथ घोरासैनीले बिहान ८ बजे घाँस काट्न हिडेको दाई दिउँसोसम्म घर आउन ढिलो परेपछि हेर्न जाँदा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको बताएका छन्।

सामुदायिक बनमा मृतक फेला परेपछि प्रहरीमा उजुरी आएसँगै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपी लीलाराज लामिछानेको टोली पुगेर घटनाको अनुसन्धान थालिसकेको छ। त्यससँगै तालिम प्राप्त कुकुर खटाई प्रहरीको टोलीले छानबिन गर्ने र हत्यारा पत्ता लगाई छिटोभन्दा छिटो यस घटनाको बारेमा सत्यतथ्य पत्ता लगाई पिडित परिवारलाई न्याय दिलाउने र अपराधीलाई कानुनको कठघरामा ल्याउने ईलाका प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनुभएको छ। घटनाको सत्यतथ्य पत्ता लगाई पीडितको परिवारलाई न्याय दिने र हत्यारा छिटोभन्दा छिटो सार्वजनिक गर्ने विषयमा सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.