काठमाडौँ २६ भदौ यस जगतका सृष्टिकर्ता नै नारी हुन् भन्ने विषयलाई आत्मसात् गर्दै नारीलाई महत्व दिएको र नारीप्रति सकारात्मक दृष्टिकोण प्रस्तुत गर्दै हिन्दुधर्मग्रन्थहरुले नारीको स्थानलाई परम्परागत कालदेखि अहिलेसम्म हिन्दू नारीहरूले तीजको समापनसँगै सप्तऋषिको पूजा आराधना गर्दै मनाईने यस पर्वको आफ्नै मौलिकता छ।
हिन्दू परम्परागत धार्मिक मान्यताअनुसार प्रत्येक महिला रजस्वला हुन्छिन्। रजस्वलाको बखत महिलाले छाईछिटो जान अन्जानमा गर्ने हुनाले यसबाट मुक्त होउन र आफ्ना वर्षभरिका पापहरूबाट सप्तऋषिले मुक्त गरिदिउन भन्ने उद्देश्यले रजस्वला भएकी नारीहरू ऋषि पञ्चमीका दिन विशेषरुपमा व्रत बस्ने गर्दछन्। परम्परागत धार्मिक मान्यता र धर्मग्रन्थमा उल्लेखित कथा अनुसार इन्द्रले विष्णुको शिर तीन टुक्रा पारी काटी ब्रह्महत्या गरेपछि भगवान ब्रह्मालाई सबै वृत्तान्त सुनाउनुभयो। ब्रह्महत्या निवारण गर्न पृथ्वी,जल,वृक्ष, स्त्री गरी चार भागमा विभाजन गरी फ्याक्नुभएको प्रसंगलाई उल्लेख गर्दै स्त्रीको रजमा पाप देखिएको हुनाले स्त्री रजस्वला हुने धर्मशास्त्रले बताएको ज्योतिषीहरु तर्क व्यक्त गर्दछन्।
त्यसैले रजोवती नारीहरु रजस्वला हुँदा ३ दिनसम्म अशुद्ध हुने धर्मशास्त्रले बताएको ज्योतिषीहरु तर्क व्यक्त गर्दछन्।पहिलो दिन चन्डालनी जस्तो, दोस्रो दिन ब्राह्मघातीनी जस्तो, तेस्रो दिन धोवीनी जस्तो हुन्छ भन्ने चौथो दिन पवित्र हुन्छ। रजस्वलाको अवस्थामा महिलाले जहाँपायो त्यहीँ जानाजान र अनजानमा छाईछुतो र छुने गर्दा धर्मशास्त्र अनुसार पाप हुने भएकाले पापको भागी मानिस केवल हुने धर्मशास्त्रमा उल्लेख विषयलाई आधार मान्दै प्रत्येक वर्ष ऋषि पञ्चमीका दिनमा महिलाहरु व्रत बस्दछन्। त्यसदिन सप्तऋषि कश्यप,भार्गदोज,आरती,जम्दग्नी, विश्वामित्र, गौतम, वशिष्ठ लगायतका सप्तऋषिको पूजाअर्चना गरी पापबाट मोक्ष हुनकालागि रजस्वला हुँदा बखतको जान अन्जानमा गरेको पापको प्रयाश्चित गर्दै व्रतको माध्यमबाट मुक्त हुन सकिने धार्मिक जनविश्वासलाई आत्मासात गर्दै हिन्दू महिला धर्मालम्बीहरुले यस व्रतलाई महत्वपूर्ण व्रतको रूपमा लिने गरिन्छ।
वर्तमान शिक्षित समाजले यस पर्वलाई प्राचीनकालमा पनि नारीहरुलाई प्रजनन तथा स्वास्थ्य अधिकारलाई महत्व दिएको पर्वको रुपमा सकरात्मक दृष्टिकोण प्रस्तुत भएको छ । रजस्वला हुँदाको बखत पाप धर्मको विषयलाई जोडले नदिई महिलाले सरसफाईमा ध्यान दिनुपर्ने विषयलाई धर्मले महत्वपूर्ण स्थान दिएको विषयप्रति आजको शिक्षित समाजले ऋषिपञ्चमीको व्रतलाई महत्वकासाथ धर्म र संस्कृतिको जगेर्ना गर्दै पुस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले आजको आधुनिक समाजमा पनि महिलाहरू व्रत बसी यस पर्वलाई भब्यताका साथ मनाइरहेका छन्। व्रतको नियम पूर्ण पालना गरी कन्दमूल र कर्कलोको तरकारी,खिर भात सेवन गरी आफ्नो शरीरलाई शुद्ध र पवित्र बनाई ईश्वरसँग नजिक कुनै पर्वको रुपमा यस पर्व वर्तमान समाजमा स्थापित हुन गएको छ। त्यतिमात्र नभएर परम्परागत मूल्य मान्यतालाई आत्मासात गर्दै व्रतका नियम र विधिहरु पूर्ण रुपले पालना गर्दै र व्रतको सुरुदेखि व्रतको अन्त्यसम्म ब्राह्मणलाई पूर्णपात्र र गौदान दिने कार्य गर्दै शुद्ध भोजन सेवन गरी यस पर्वलाई पाप मुक्त गर्ने र ईश्वरसँग नजिक हुने पर्वको रुपमा मनाउने गरिएको छ।
नारी रजस्वला पछि अशुद्ध हुने भन्ने होईन तर आफ्नो प्रजनन र स्वास्थ्यलाई महत्व दिनुपर्छ भन्ने सन्देश ऋषिपञ्चमीले दिएको छ। परम्परागत धार्मिक मूल्यमान्यता अनुसार रजस्वलाको समयमा छुट्टै स्थानमा बस्नुपर्ने भनेर उल्लेख गरेपनि छाउगोठ, झुपडिमा राख्नुपर्छ भन्ने कुनै धार्मिक मान्यता रहेको छैन। तर महिला रजस्वला छाउगोठ, झुपडिमा राख्नुको कारण आज धेरै महिलाहरूको निधन भएको छ भने , कतिपय महिलाहरु हिंसा र बलत्कारको शिकार हुनुपरेको छ। धर्मले सरसफाईमा जोड दिने सिकाएको छ तर अशिक्षित समाजमा रुमल्लिरहेका मानिसहरुले अन्धविश्वासलाई पछ्याउँदा रजस्वलाबारे गलत धारणाको बिजारोपण भइरहेको छ । त्यसैले प्रत्येक पर्वले कुनै न कुनै धार्मिक सन्देश बोकेर ल्याएको हुन्छ।
आज हिन्दू धर्मावलम्बी नारीहरूले व्रत बसी मनाईरहेको ऋषिपञ्चमीले महिलालाई जगतको सृष्टिकर्ताको रुपमा परिभाषित गर्दै रजस्वला को महत्व, महिलाको स्वास्थ्य तथा प्रजनन अधिकारलाई प्रशय दिएको छ। यससँगै यस पर्वले रजस्वलाका बखत महिलाले के विधि पूरा गर्नुपर्छ भन्ने विषयमा प्रष्ट व्याख्या गरेको छ। त्यसैले यस पर्वको महत्वलाई बुझी अन्धविश्वास र भ्रामक स्रोचबाट मुक्त हुँदै ऋषिपञ्चमीले दिएको सकारात्मक सन्देशलाई हृदयदेखि सहर्ष स्वीकार गर्दै समाजको असल पक्षलाई स्वीकार्दै अघि बढ्नु अति आवश्यक देखिन्छ।