Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

आज गणेश चतुर्दशी नेवार समुदायले रातमा मनाउँदै

धार्मिक मान्यता र धर्मशास्त्रका अनुसार चन्द्रमालाई अर्घ दिई मनाउँने गणेश चतुर्दशीको आफ्नै धार्मिक र सांस्कृतिक महत्व

काठमाडौँ २५ भदौ गणेशको जन्मउत्सव अर्थात गणेश चतुर्दशी नेवार समुदायले आज राती गणेशको पूजासँगै चन्द्रमालाई अर्घ दिई मनाउँदैछन्। धार्मिक मान्यता र धर्मशास्त्रका अनुसार चन्द्रमालाई अर्घ दिई मनाउँने गणेश चतुर्दशीको आफ्नै धार्मिक र सांस्कृतिक महत्व रहिआएको छ। प्राचीनकालमा चन्द्रमाले आफ्नो रुपको घमण्ड देखाएपछि भगवान् गणेशले कुरूप होस् भन्ने अभिशाप दिनुभएको थियो। जसको कारण लामो समयसम्म चन्द्रमाले कुरुप धारण गर्नुपरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ। गणेशबाट अभिशाप पाएका चन्द्रमाले रुपको घमण्ड नगर्ने भनेर गणेश भगवानलाई प्रार्थना गरेपछि भगवान गणेशले पहिलेकै सुन्दर रुपमा फर्काउने आशिर्बाद दिनुभएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ।

यो पनि पढनुस !!

यही धार्मिक आस्था र प्रसंगलाई आत्मासात गर्दै आज नेवार समुदायका व्यक्तिहरुले भुटेको अन्नजन्य परिकार राखेर चन्द्रमालाई पूजा गरी विशेषरुपमा अर्घ दिने गरिन्छ। गणेश चतुर्दशीका दिन बस्ने व्यक्तिहरुले यसदिन चन्द्रमालाई अर्घ नदिएसम्म खानपान गर्दैनन्। उपत्यकाका नेवार समुदायका व्यक्तिले गणेश चतुर्थीको दिन मनाउने पर्वलाई चंथाको रुपमा पनि व्याख्या गरिन्छ। यसदिन गणेशको पूजा गरी रातमा चन्द्रमालाई अन्नजन्य परिकार लगायत फलफूलजन्य खानेकुरा,पात भएको अदुवा चढाएर चन्द्रमाको पूजा अर्चना गरिन्छ। त्यसलगत्तै चन्द्रमालाई पूजा गरेपछि अन्नजन्य परिकार,फलफूल,मिठा- मिठा खाजाहरु परिवारका सदस्यसँग बसेर खाने चलन छ। प्रकृति र मानिसलाई जोडेको यस गणेश चतुर्दशी (चंथा)को आफ्नै धार्मिक र सांस्कृतिक महत्व रहिआएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.