Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

धार्मिक ग्रन्थमा उल्लेख विषयलाई आत्मसात् गर्दै हिन्दु महिला धर्मालम्बीहरूले प्रत्येक वर्ष तीजको निराहार व्रत बस्छन्

आज व्रत बस्नुको पछि धार्मिक महत्त्व र रहस्य

काठमाडौं २४ भदौ:हिन्दू धर्मालम्बी नारीहरूको महान पर्व तीज तृतीया तिथिका दिन प्रत्येक महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै भगवानसँग प्रार्थना गरि निराहार व्रत बसी यो पर्व मनाईन्छ। प्राचीन समयदेखि अर्थात हिन्दू धर्मालम्बीहरुले धार्मिक भाषामा व्यक्त गर्दा सत्य युगदेखि वर्तमान समयसम्म अर्थात् कलियुग सम्म यो व्रत हिन्दू धर्मावलम्बीहरुले मनाउँदै आएको छ। यस व्रतको बस्नुको पछि एउटा अनौठो धर्मिक रहस्य छ हिमालयकी छोरी पार्वतीको विवाह विष्णु भगवानसँग गरिदिने थाहा पाएपछि देवी पार्वतीले वर रोज्ने अधिकार महिलालाई मात्र हुने भन्दै आफूले नै वर रोज्ने सिलसिलामा शिव नै पतिदेवको रुपमा आफूलाई प्राप्त होस् भनी बसेको निराहार व्रत बसेको कारणले भगवान शिवलाई प्राक प्राप्त गरेको धार्मिक ग्रन्थमा उल्लेख छ। धार्मिक ग्रन्थमा उल्लेख विषयलाई आत्मसात् गर्दै हिन्दू महिला धर्मालम्बीहरुले प्रत्येक वर्ष तीजको निराहार व्रत बस्छन्।

भगवान शिवको आराधना गर्दै व्रत बस्ने यस पर्वको आफ्नै धार्मिक विशेषता रहेको छ।व्रत बसेपछि दाम्पत्य जीवन सुखी हुने, पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुने , दिर्घायु र स्वस्थ हुने, ईश्वरीय शक्ति प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ।

यो पनि पढनुस !!

यसैगरी तीजको व्रत पुरुष र महिला दुवैले बस्नुपर्ने शास्त्रमा उल्लेखित भएको पण्डित भीमकान्त पन्थी बताउनुहुन्छ। यसैगरी तीजको व्रतमा हिन्दू महिला धर्मावलम्बीहरु आफ्नो गाउनछु नाच्नु गाउँनुको आफ्नै धार्मिक महत्व रहिआएको छ ‌। भगवान श्रीकृष्णको न्वारन तिजको दिन पर्ने भएकाले न्वारनको उपलक्ष्यमा सत्ययुगमा न्वारनको उपलक्ष्यमा गीत बजाई मानिसहरू खुशीयाली मनाउँदै नाचेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख भएको वर्णन गरिएको छ।

त्यसैगरी तीजको व्रत बसी महिलाहरु तीजको उपलक्ष्यमा विभिन्न तिज विशेष कार्यक्रमहरुलाई छमछम नाच्नुको अर्थ धर्मले पुष्टि गरेको छ। यसैगरी वर्तमान समयमा तीजको नाममा विकृतिहरु हाम्रो समाजमा देखिन थालेका छन्। तीजको व्रतको उपलक्ष्यमा तीज नजिकिँदै गर्दा दर खाने, तडकभडक देखाएर संस्कृतिको नाममा विकृतिलाई निम्ताउन खोज्नुले व्रतको धार्मिक मान्यतामाथि असर पुग्ने र विकृतिले प्रंशय पाउने विषयप्रति संस्कृतिविद्हरुले घोर आपत्ति प्रकट गरेका छन्।तीज आफैँमा भगवानसँग नजिक हुने पर्व भएकाले अध्यात्मिक चिन्तनमा रही भगवान शिवको भजनकृतन गर्न , सामूहिक रुपमा भेला भएर नाचगान गर्दै सभ्यतापूर्वक धार्मिक मर्यादालाई ख्याल राख्दै पर्व मनाउन संस्कृतिविद्, ज्योतिष, पण्डितहरूको सुझाव छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.