काठमाडौँ २३ भदौ हरितालिका तीज हिन्दू नारीहरूको महान पर्व तीजको उपलक्ष्यमा आज महिलाहरूलाई माईतले व्रत सुरु हुनु १ दिन अगावै दरको रूपमा मिठो परिकारहरु पकाएर खुवाउने चलन छ। देवी पार्वतीले शिवजीलाई पति प्राप्त होस् भनी व्रत बसेको र व्रत बसेपछि शिव भगवानलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यतालाई विश्वास गर्दै हिन्दू नारी धर्मावलम्बीहरुले अविवाहित महिलाहरूले पति प्राप्त होस् भनी व्रत बस्छन्। यसैगरी विवाहित महिलाले पतिको सुस्वास्थ्य र दीर्घायु होस् भन्ने कामना गर्दै व्रत बस्छन्। व्रत बस्नुअघि एक दिनअघि माईतीघरको परिवारले आफ्नो छोरीचेलीलाई दरको रूपमा मिठो परिकारहरु पकाएर खुवाउने चलन छ। यसैगरी तीजको उपलक्ष्यमा आज महिलाहरूलाई माईतले दरको रूपमा मिठो परिकारहरु पकाएर खुवाउँदै छन्। कोरोना महामारी बिच पनि स्वास्थ्य साबधानी अपनाउँदै आज हिन्दू नारी धर्मावलम्बीहरुले दरको रूपमा मिठो परिकारहरु खाँदै छन्।
ट्रेनडिंग