Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

कुशको पवित्रता र यसको धार्मिक महत्व ‌

 काठमाडौँ २२ भदौ हेर्दाखेरि घाँस जस्तो लाग्ने कुशको आफ्नै धार्मिक महत्व रहिआएको छ। कुशलाई हिन्दू धर्मावलम्बीहरुले देवकार्य,पितृकार्य, पुजाकार्यको लागि अति नै पवित्र मानिएको छ। कुशलाई पवित्र मान्नुको पछाडी नितान्त धार्मिक कुरासँग धर्मसँग सम्बन्धित विषय जोडिएको छ। कुशको महत्वलाई बुझ्ने हो भने यसको धार्मिक रहस्यको विषयमा पनि हामीले जान्न र बुझ्न अति नै आवश्यक हुन्छ। पौराणिक कथाअनुसार हेरनकसेपुर नामक राक्षसलाई परास्त गर्न भगवान विष्णु जल स्थानबाट पृथ्वीमा प्रवेश गर्नुभयो। पृथ्वीमा प्रवेश गर्नुभएका भगवानले आफ्नो शरीर हल्लाउँदै गर्दा उहाँका शरीरको रौंहरू झरेको प्रसंग धर्मग्रन्थमा उल्लेख छ। गोराहपुराणमा भगवान विष्णुले गरूडदेवलाई कुश मेरै शरीरबाट निस्केको रौ हो भनी बताउनुभएको छ।
स्वस्थानी व्रतकथाका अनुसार वृन्दाको सतीत्व डगाएपछि वृन्दाले भगवान विष्णुलाई ढुङ्गा होस् पनि सराप दिँदा विष्णु भगवान शालिग्रामको रुपमा प्रकट हुनु भएको थियो। यसैगरी वृक्ष होस् भनी सराप दिँदा उहाँ पिपलको बोट भएर प्रकट हुनु भएको थियो। यसैगरी घाँस होस् भनी सराप दिँदा भगवान विष्णु कुशको रूपमा प्रकट हुनुभएको थियो। यसैगरी कुशको सम्बन्धमा शास्त्रमा फरक व्याख्या भएपनि धार्मिक हिसाबले कुशको धार्मिक महत्व रहेको संस्कृतिविद्हरू बताउछन्।
यसैगरी बुवाको मुख हेर्ने दिन कुशेऔँसी लाई लक्षित गर्दै जरैदेखि कुश उखेल्ने चलन छ।
ज्योतिषीका अनुसार कुशको माथिल्लो भागमा भगवान शिवको बाँस रहेको र मध्यभागमा भगवान विष्णुको बाँस रहेको र कुशको अन्त्य भाग अर्थात् जरामा भगवान महेश्वरको बाँस रहेको धर्मशास्त्रले बताएको तर्क व्यक्त गर्छन्। त्यसैको महत्वलाई बुझी हिन्दू धर्मावलम्बीहरुले देवकार्य, पृतिकार्य आदिमा कुशको प्रयोग गर्दै आएको विषयलाई हिन्दू धर्मावलम्बीहरुले धर्मशास्त्र अनुसार पालना गरेको ज्योतिषीहरू बताउँछन्।
विशेषगरी कुशको प्रयोग हरेक कार्यमा गर्न असम्भव भएको अवस्थामा र कुश नपाएको अवस्थामा दूबो, जौको पात, गहुँको पात, धानको पात, कमलको फूल र पात, सुन,चाँदी, तामा आदिको प्रयोग गरी देवकार्य, पितृकार्य गर्न सकिने ज्योतिषहरुको भनाई छ । विशेषगरी कुशे औंसीका दिन कुश उखालेर राखेमा १ वर्षसम्म यस कुशको उपयोग गर्न मिल्ने, औसीं बाहेकको दिनमा कुश उखालेर राखेमा १ महिना उपयोग गर्न मिल्ने, पूर्णिमाको दिनमा कुश उखालेर राखेमा १५ दिनसम्म उपयोग गर्न मिल्ने, दिनदिनै कुश उखालेर प्रयोग गरेमा १ दिनको लागि मात्र कुश उपयोग हुने धर्मशास्त्रमा उल्लेखित विषयलाई ज्योतिषहरुले प्रष्ट पारेका छन्।
धार्मिक मान्यताअनुसार जसले हातमा कुश लिन्छ उसले ब्रह्मदण्द प्राप्त गर्छ भने धार्मिक मान्यता रहिआएको छ।कुश आफैंमा अमृत भएकाले यसको प्रयोग देवकार्य पितृकार्य मात्र नभई आफ्नो शरीरमा पनि प्रयोग गर्नुपर्छ भनी चिकित्सकहरुले बताएका छन्। कुश‌ कपाल झर्ने ब्यक्ति र छाती दुख्ने ब्यक्तिहरुलाई औषधिको रूपमा उपयोगी हुने पनि चिकित्सकहरूको भनाई छ। यसैगरी हिन्दू धर्मावलम्बीहरुले भगवानको अवतार मानेको कुशको धार्मिक, सांस्कृतिक महत्व सँगै स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको छ।
यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.