Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

आज बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंसी

आफ्ना पितालाई मिठा परिकारह र उपहार दिएर आफ्नो पिताको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन्

आफूलाई कर्म दिने बुबाको सम्मान गर्दै मनाउने बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसीको सामाजिक तथा धार्मिक महत्व रहिआएको छ। प्रत्येक वर्ष भाद्र कृष्णपक्षको दिनमा आफ्ना पिता प्रति श्रद्धाभाव प्रकट गर्दै पिता भएको व्यक्तिले मिठा परिकारह र उपहार दिएर आफ्नो पिताको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन्। यसैगरी पिताको निधन भएको व्यक्तिहरूले आफ्नो मृतकको पिताको स्मरण गर्दै पिताको नाममा पण्डितलाई खानेकुरा ,फलफूल दान दिने गर्दछन्। पिताले यस धर्तीमा जन्म दिनको लागि माताको कोखमा बीजारोपण गर्नुभएको जसको कारण आज आफू यस धर्तीमा रहेको स्मरण गर्दै कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिनमा प्रत्येक छोराछोरीहरुले आफ्ना बाबुलाई मिठा-मिठा परिकार बनाएर खुवाउने र उपहार दिने गर्दछन्।

यसैगरी पिताको निधन भएका व्यक्तिहरुले पिताको स्मरण गर्दै पण्डितलाई अन्नदान, पितृदान र अर्घदान दिने गर्दछन्। यसदिन पिताले गर्नुभएका असल कार्यको वर्णन गर्दै स्मरण गर्दै छोराछोरीहरुले पिताको मुख हेर्ने गर्दछन्। हिन्दू धर्मावलम्बीहरुले पितालाई भगवान समान मान्दै पितालाई पितृदेवो भव:को उपमा दिँदै पिताको स्थानलाई भगवानको स्थान प्रदान गर्ने भएकाले यस पर्वको धार्मिक र सांस्कृतिक महत्व रहिआएको छ। यसैगरी सन्तानलाई असल बाटोतर्फ लाग्न प्रेरित गर्ने, सन्तानलाई मार्गनिर्देशन दिने, जस्तोसुकै अवस्थामा पनि सन्तानको भलो सोच्ने र आफ्ना सन्तानलाई सच्चा मायागर्ने व्यक्ति पिता नै भएको महसुस गर्दै पिता प्रति आदर र सम्मानको उच्च महत्व दिँदै मनाउने यस पर्वले परिवारिक सम्बन्ध र एकताको विकास गरेको छ।

बुवाको मुख हेर्ने औँसीका दिनलाई हिन्दू धर्मावलम्बीहरुले अर्को बेग्लै महत्वको पर्वको रूपमा पनि लिएका छन्। यसदिन विष्णु भगवानको अवतार कुश उखेलेर पिताको निधन भएका व्यक्तिहरुले पिताको स्वर्गवास होस भन्दै पितृकार्य समेत गर्ने भएकाले यस दिनलाई हिन्दू धर्मावलम्बीहरुले कुशे औंशीको रुपमा पनि मनाएका छन्। नेपालको यस धार्मिक पर्वले सामाजिक सद्भाव र परिवारिक एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

कुशको पवित्रता र यसको धार्मिक महत्व ‌

यो पनि पढनुस !!

हेर्दाखेरि घाँस जस्तो लाग्ने कुशको आफ्नै धार्मिक महत्व रहिआएको छ। कुशलाई हिन्दू धर्मावलम्बीहरुले देवकार्य ,पितृकार्य, पुजाकार्यको लागि अति नै पवित्र मानिएको छ। कुशलाई पवित्र मान्नुको पछाडी नितान्त धार्मिक कुरासँग धर्मसँग सम्बन्धित विषय जोडिएको छ। कुशको महत्वलाई बुझ्ने हो भने यसको धार्मिक रहस्यको विषयमा पनि हामीले जान्न र बुझ्न अति नै आवश्यक हुन्छ। पौराणिक कथाअनुसार हेरनकसेपुर नामक राक्षसलाई परास्त गर्न भगवान विष्णु जल स्थानबाट पृथ्वीमा प्रवेश गर्नुभयो। पृथ्वीमा प्रवेश गर्नुभएका भगवानले आफ्नो शरीर हल्लाउँदै गर्दा उहाँका शरीरको रौंहरू झरेको प्रसंग धर्मग्रन्थमा उल्लेख छ। गोराहपुराणमा भगवान विष्णुले गरूडदेवलाई कुश मेरै शरीरबाट निस्केको रौ हो भनी बताउनुभएको छ।

स्वस्थानी व्रतकथाका अनुसार वृन्दाको सतीत्व दगाएपछि वृन्दाले भगवान विष्णुलाई ढुङ्गा होस् पनि सराप दिँदा विष्णु भगवान शालिग्रामको रुपमा प्रकट हुनु भएको थियो। यसैगरी वृक्ष होस् भने सराप दिँदा उहाँ पिपलको बोट भएर प्रकट हुनु भएको थियो। यसैगरी घाँस होस् भनी सराप दिँदा भगवान विष्णु कुशको रूपमा प्रकट हुनुभएको थियो। यसैगरी कुशको सम्बन्धमा शास्त्रमा फरक व्याख्या भएपनि धार्मिक हिसाबले कुशको धार्मिक महत्व रहेको संस्कृतिविद्हरू बताउछन्। यसैगरी बुवाको मुख हेर्ने दिन कुशेऔँसी लाई लक्षित गर्दै जरैदेखि कुश उखेल्ने चलन छ। ज्योतिषीका अनुसार कुशको माथिल्लो भागमा भगवान शिवको बाँस रहेको र मध्यभागमा भगवान विष्णुको बाँस रहेको र कुशको अन्त्य भाग अर्थात् जरामा भगवान महेश्वरको बाँस रहेको धर्मशास्त्रले बताएको तर्क व्यक्त गर्छन्।

त्यसैको महत्वलाई बुझी हिन्दू धर्मावलम्बीहरुले देवकार्य, पृतिकार्य आदिमा कुशको प्रयोग गर्दै आएको विषयलाई हिन्दू धर्मावलम्बीहरुले धर्मशास्त्र अनुसार पालना गरेको ज्योतिषीहरू बताउँछन्। विशेषगरी कुशको प्रयोग हरेक कार्यमा गर्न असम्भव भएको अवस्थामा र कुश नपाएको अवस्थामा दूबो, जौको पात, गहुँको पात, धानको पात, कमलको फूल र पात, सुन,चाँदी, तामा आदिको प्रयोग गरी देवकार्य, पितृकार्य गर्न सकिने ज्योतिषहरुको भनाई छ । विशेषगरी कुशे औंसीका दिन कुश उखालेर राखेमा १ वर्षसम्म यस कुशको उपयोग गर्न मिल्ने, औसीं बाहेकको दिनमा कुश उखालेर राखेमा १ महिना उपयोग गर्न मिल्ने, पूर्णिमाको दिनमा कुश उखालेर राखेमा १५ दिनसम्म उपयोग गर्न मिल्ने, दिनदिनै कुश उखालेर प्रयोग गरेमा १ दिनको लागि मात्र कुश उपयोग हुने धर्मशास्त्रमा उल्लेखित विषयलाई ज्योतिषहरुले प्रष्ट पारेका छन्।

धार्मिक मान्यताअनुसार जसले हातमा कुश लिन्छ उसले ब्रह्मदण्द प्राप्त गर्छ भने धार्मिक मान्यता रहिआएको छ।कुश आफैंमा अमृत भएकाले यसको प्रयोग देवकार्य पितृकार्य मात्र नभई आफ्नो शरीरमा पनि प्रयोग गर्नुपर्छ भनी चिकित्सकहरुले बताएका छन्। कुश‌ कपाल झर्ने ब्यक्ति र छाती दुख्ने ब्यक्तिहरुलाई औषधिको रूपमा उपयोगी हुने पनि चिकित्सकहरूको भनाई छ। यसैगरी हिन्दू धर्मावलम्बीहरुले भगवानको अवतार मानेको कुशको धार्मिक, सांस्कृतिक महत्व सँगै स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.