काठमाडौ २० भदौ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकार बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मानव बेचबिखन तथा ओसारपसार शाखाले आज कार्यक्रम आयोजना गरेको छ। ‘मानव बेचबिखनविरुद्धको समाज हाम्रो प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यक्रम आयोजना गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसमा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानव बेचबिखन तथा ओसारपसार शाखाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। शुभकामना सन्देश व्यक्त गर्दै मानव बेचबिखन रोकथाम गर्न तीन तहका सरकार प्रतिबद्ध भएर लागेको बताउँदै मानव बेचबिखन नियन्त्रणमा सरकार सक्रिय भएर लागेको बताउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्न शुभकामना सन्देश व्यक्त गर्दै सबैलाई आग्रह गर्नुभएको छ।
यसैगरी प्रधानमन्त्रीको शुभकामना सन्देश लगतै महिला तथा सामाजिक समितिको सभापति निरूदेवी पालले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै आजको युगमा महिला पशुसरह बेचबिखन भईरहेको कारण यस्तो बेचबिखन जालोबाट मुक्त गरी समाजमा भएको अपराधलाई न्यूनीकरण गर्न सबैलाई आग्रह गर्नुभयो। बालबालिका तथा ज्येष्ठ मन्त्रालयको सचिव यामकुमारी खतिवडाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै मानव बेचबिखन तथा ओसारपसार समाजको बाधक तत्व भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था विकास साझेदार निकाय, नागरिक समाज,मानब अधिकारकर्मी लाई मानव बेचबिखन विरुद्ध एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो।