Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

नयाँ मन्त्रीमण्डल विस्तार पर्ख र हेरको अवस्थामा

काठमाडौ २० भदौ सतापक्ष गठबन्धनको नेतृत्वमा सरकार नेतृत्व भएको ५० दिनभन्दा पनि बढी भइसक्दा मन्त्री परिषद्ले पूर्णता पाउन सकेको अवस्था छैन। सत्तापक्ष गठबन्धनको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले विभाजनको संघारमा पुगेसँगै माधवकुमार नेपालको नेतृत्वले निर्वाचन आयोग नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराएका छन् भने जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेपछि महन्त ठाकुर नेतृत्वले लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । नयाँ पार्टी दर्ता भएका दलले आफ्नो पार्टीलाई मुलुकमा कसरी स्थापित गर्ने र पार्टी बलियो बनाउने भन्ने विषयमा लगातार बैठक चलिरहनु र सरकारमा सहभागिता हुने निर्णयप्रति कुनैपनि प्रतिक्रिया नदिनुले मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।

सत्तापक्षीय गठबन्धनका नेताहरूबिच मन्त्री चयन गर्ने विषयमा सहमति भएपनि शीर्ष पार्टी दलका नेतालाई मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्री चयन गर्न समस्या रहेको सतापक्ष गठबन्धनका नेताहरूको भनाई छ। जसको कारण मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन‌।२१ ओटा मन्त्रालयको जिम्मेवारी कसलाई बाँडफाँड गर्ने जिम्मेवारी दिने भन्ने विषयमा सत्तापक्ष गठबन्धनका नेताहरुबीच कायम भएको अन्योलताको अन्त्य हुन सकेको छैन। जसको कारण सत्तापक्ष गठबन्धनको सरकारले गठन गर्ने मन्त्रीमण्डल पर्ख र हेरको अवस्थामा पुगेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.