Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अनुमतिबिना दार्चुलाको आकाशमा भारतीय सेनाको हेलिकोप्टर उड्यो

केही दिनअघि नेपाल सरकारको अनुमतिबिना भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको सदरमुकाम क्षेत्रको आकाशमा लगातार रुपले उडेपछि यसतर्फ दार्चुलाका स्थानीयबासीहरुले आपत्ति जनाएका छन्। भारतीय सेनाको हेलिकोप्टर यही बुधबार र बिहीबार ५ देखि ७ पटकसम्म दार्चुलाको सदरमुकाम स्थानमा भारतले विमान उडाएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पटक-पटक भारतीय सेनाको हेलिकोप्टर  नेपालको भूभाग तर्फ उडान हुने त्यहाँका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ‌। ध्यानाकर्षण गराएसँगै जिल्ला प्रशासन कार्यालयले कुनै पनि देशको सिमानामा विना अनुमति विमान उडाएको विषयमा भारत सरकारलाई पत्राचार गरेका छन्।

भारतलाई पत्राचार गरेपनि भारतीय सेनाको हेलिकोप्टर किन नेपालको सिमानामा उडाएको हो भन्ने विषयमा भारतले अहिलेसम्म उत्तर नदिएको दार्चुला जिल्ला प्रशासन प्रमुख सीताराज जोशीको भनाई छ। सीताराज जोशीका अनुसार भारतीय विमान उडानका लागि नियमअनुसार जानकारी गराएर मात्र उडाउनुपर्ने भारतीय सेनाले जानकारी नदिई हेलिकोप्टर उडाएको कारण दार्चुला जिल्ला प्रशासन कार्यालयले भारतीय पक्षसँग प्रश्न गरेको उहाँले बताउनुभयो।

आपतकालीन अवस्थामा हेलिकोप्टर उडाउन पाउने तर पटक-पटक अन्य देशको भूभागमा विमान उडाउनको लागि आदेश लिनुपर्ने भएपनि भारतले पटक-पटक दार्चुला सदरमुकाम क्षेत्रमा हेलिकोप्टर बिनाकारण उडाएको उहाँले बताउनुभयो। यसैगरी आफ्नो नेपालको भूभागमा भारतीय सेनाको विमान उडिरहँदा वर्तमान सरकार भने मौन भएर बसेको देखिन्छ। आफ्नो भूभागमा भारतीय सेनाको विमान किन पटक-पटक उडने गर्छ भन्ने विषयमा सरकारले भारतीय पक्ष सँग कुटनैतिक पहल गर्नु अति नै आवश्यक देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.