Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

काठमाडौ महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष शशीलाल श्रेष्ठको निधन

पञ्चायतकालदेखि संघर्ष गर्दै नेपाली राजनीतिको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल राजनीतिज्ञ एवम् काठमाडौँ वडा नम्बर १९ का वडा अध्यक्ष शशीलाल श्रेष्ठको स्वास्थ्य समस्याका कारण अकल्पनीय निधन भएको छ। २०१३ साल पुष १४ गते जन्मिनुभएका उहाँले काठमाडौंका वडा नम्बर १९ मा पञ्चायती समयमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। त्यससँगै लामो समयपछि नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १९ मा २०७४ सालमा भारी बहुमतका साथ बिजय हुनुभएको थियो। महानगरको विकासका बारेमा अत्यन्तै चिन्तनशील व्यक्तित्वको रुपमा वडा नम्बर १९ स्थानीयवासीका लागि समाजसेवी /राजनीतिज्ञ /एक असल मित्रको रुपमा समेत उहाँ परिचित हुनुहुन्छ। उहाँको कार्यकालमा स्थानीय क्षेत्रको विकास र जनताको समस्यालाई बुझि उहाँले काम गर्नुभएको त्यहाँका स्थानीयबासीहरुले बताएका छन्।

पाचन प्रणालीमा समस्या आएपछि केही हप्ताअघि नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बेलुका ७.३० बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ। यसैगरी उहाँको अन्तिम श्रदान्जली कार्यक्रम काठमाडौँ वडा नम्बर १९ आज बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म राखिएको छ। यसैगरी काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रम आज ८ बजेदेखि सुरु भएको छ। कार्यक्रममा स्थानीय तहका नेता-कार्यकर्ताहरु र स्थानीयवासीको उपस्थिति रहेको छ। यसैगरी काठमाडौ महानगरपालिका मेयर र उपमेयर पनि श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुनुभएको छ। श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुनुभएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुँदै अध्यक्ष शशीलाल श्रेष्ठको मृत आत्माको चिर शान्तीको कामना गर्दै समबेदना प्रकट गर्नुभएको छ।

यसैगरी काठमाडौंका उपमेयर हरिप्रभा खड्कीले वडा अध्यक्ष शशीलाल श्रेष्ठको निधनले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै मृत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनप्रति काठमाडौँ महानगरपालिकाले शोक व्यक्त गर्दै शुक्रबार काठमाडौ महानगरपालिका मातहतका क्षेत्रमा शोक विदा दिएको छ। यसैगरी आज मृत्यु हुनुभएका अध्यक्ष शशीलाल श्रेष्ठको परिवारका सदस्यहरुमा श्रीमती,३ छोरी,१ छोरा रहेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.