Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

काठमाडौं महानगरपालिकामा अर्को सातादेखि विद्यालय खुल्ने तयारी

काठमाडौं-विश्वव्यापी महामारी रुपमा कोरोना भाईरस फैलिएपछि शैक्षिक क्षेत्र पनि प्रभावित भएको थियो। कोरोना भाईरसको संक्रमणले प्रभावित भएसँगै काठमाडौँ महानगरपालिका अधिकांश विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले यही मिति २०७८/०५/१६ गते निषेधाज्ञा हटाई जारी आदेश दिएसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालय खोल्ने तयारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले विद्यालय खोल्ने/नखोल्ने विषयमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई हुनेछ भनेपछि काठमाडौं महानगरपालिकामा रहेको विद्यालय सञ्चालन गर्ने तयारीमा छलफल गरिरहेको काठमाडौँ महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो। यसैगरी अर्को सातादेखि विद्यालय सञ्चालन गर्ने तयारी भईरहेको काठमाडौँ महानगर शिक्षा शाखाले जनाएको छ। काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने विषयमा छलफल गरे सँगै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयको पठनपाठन भौतिक रूपमा अघि बढाउन निर्देशन दिने सङ्केत देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.