Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना छैन : माधब नेपाल

आज (नेकपा एकीकृत) समाजवादी पार्टीका अध्यक्ष एवम् नेता माधवकुमार नेपालले सञ्चारकर्मीले सोधिएका प्रश्नको जवाफ दिदै नेकपा माओवादीसँग पार्टी एकता असम्भव भएको बताएको छ। नेकपा माओवादीसँग विलीन हुने भ्रममा नपर्न सबैलाई आग्रह गर्दै कुनै हालतमा पार्टी एकता हुन नसक्ने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरी संवैधानिक कू गरेको र व्यक्तिबादी दक्षिणपन्थी दिशातर्फ भासिएको कारण नयाँ पार्टी गठन गरेको बताएको छ।

आफ्नो पार्टी पुरानो प्रवृत्तिलाई परित्याग गरेर देश र जनताको सेवा गर्ने जनताको समस्यालाई प्रतिनिधित्व गर्ने भएको कारण माओवादी पार्टीसँग कुनै हालतमा एकता नहुने बताए। यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमालेमा अल्झिएर रहेको नेताहरुलाई समेत नेकपा एकीकृत समाजवादी पार्टीमा फर्कन आग्रह गरेका छन्।आज सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षले माओवादीसँग कुनै हालतमा एकता हुन नसक्ने प्रतिबद्धता जनाएका हुन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.