Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले घाटामा गएको भन्दै पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाउनुले उपभोक्ताहरु मारमा परेका छन्। करिब २ महिना अघि असार महिनामा मात्र नेपाल आयल निगम घाटामा गएको भन्दै १६ पटक मूल्यवृद्धि गरेको थियो। पटक-पटकको मूल्य वृद्धिका कारण उपभोक्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण संकटमा परेपछि उपभोक्ताकर्मीहरूले आपति जनाएका थिए।

नेपाल आयल निगमले १ अर्ब १० करोड ५० लाख घाटामा रहेको नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताएका थिए। घाटामा नगएको नेपाल आयल निगमले घाटामा गएको भन्दै पटकपटक मूल्य वृद्धि गर्नु उपभोक्ता माथि चरम शोषण भईरहेको उपभोक्ता अधिकारकर्मीहरुको भनाई राखेका थिए। करिब २ महिना अघि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको अवस्था अहिले पनि पूर्ण रुपमा फेरि वुद्धि भएको छ। प्रतिलिटर ७५ रुपैयाँको पेट्रोलियम पदार्थको मूल्यवृद्धि भई १३० रूपैयाँ पुगेको छ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भईरहँदा उपभोक्ता अहिले मारमा परेका छन्।तर सरकार भन्ने यस विषयमा मौन भएर बसेको छ।

उपभोक्ता मारमा पर्दा उपभोक्ता अधिकारकर्मीहरुले पेट्रोलिम पदार्थ उपभोग गर्ने व्यक्तिहरुले सुपथ मूल्यमा किनेर उपभोग गर्न पाउन भन्ने उद्देश्यले आवाज उठाएका छन्।तर सरकारले उपभोक्ताको समस्या भने बुझ्न सकेको छैन। आगामी दिनहरुमा सरकारले नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको चर्को मूल्य घटाउनेतर्फ लागि उपभोक्ताको समस्या समाधान गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.