Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

काठमाडौंमा दुर्गन्ध फैलियो

काठमाडौँ महानगरपालिकाले आफूलाई केन्द्रबाट प्राप्त भएको अधिकार किन प्रयोग गर्न सकेन त ? के सानो सानो कुरामा पनि प्रधानमन्त्रीकै मुख ताक्नुपर्ने हो ?

लामो समयदेखि काठमाडौंको अधिकांश क्षेत्रमा थुप्रिएको फोहोर सम्बन्धित स्थान नुवाकोट जिल्लासम्म पुग्न बाटो बिग्रिएका कारण कठिनाई देखेपछि फोहोर दिनप्रतिदिन उठन नसकेको कारण सफा शहर काठमाडौँ दुर्गन्धित बन्न पुगेको छ। विभिन्न क्षेत्रमा फालिएका फोहोरको कारण बटुवाहरुलाई बाटोमा हिँड्न असहज स्थिति पैदा भएको छ। यसरी काठमाडौँको विभिन्न क्षेत्रमा व्यवस्थित रुपले फोहोर लामो समयदेखि व्यवस्थित हुन नसकेको कारण अव्यवस्थित रुपमा फालिएका फोहोर ले विभिन्न रोगको जोखिम निम्त्याउने स्वास्थ्य विज्ञहरू बताउँछन्। लामो समयदेखि फोहोर व्यवस्थापनमा कठिनाई देखापरेपछि काठमाडौँ महानगरपालिकाका पदाधिकारीहरुले फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले हारगुहार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छिटोभन्दा छिटो फोहोर व्यवस्थापन हुनुपर्ने विषयमा अपिल गरेका छन्।

काठमाडौंको फोहोर व्यवस्थापन बाटो नुवाकोट जिल्लामा बाटो निर्माण हुनेबित्तिकै उठाएर चाडै व्यवस्थापन गर्ने/गराउने विषयमा प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताएका छन्। काठमाडौंमा महानगरपालिकामा फोहोर व्यवस्थित नहुँदा काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको सम्बन्धमा कुनै चासो देखाएको छैन्। विभिन्न सञ्चारमाध्यमले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई फोहोर व्यवस्थापनको विषयमा प्रश्न गर्दा केही दिनभित्रै व्यवस्थित स्थानमा फोहोरलाई व्यवस्थापन गर्ने बताएका छन्। स्थानीय सरकारले आफ्नो महानगरपालिका भित्रका समस्यालाई समाधान गर्न उपयुक्त कदम अवस्य चाल्नुपर्ने हो।

तर लामो समयदेखि फोहोर व्यवस्थापन नहुँदा महानगरपालिका किन मौन रहन्छ? देशमा संघीयता लागू भइसकेपछिको अवस्थामा सरकारका कार्यहरु विभाजन भइसकेपछि काठमाडौँ महानगरपालिकाले आफूलाई केन्द्रबाट प्राप्त भएको अधिकार किन प्रयोग गर्न सकेन त?के सानो सानो कुरामा पनि प्रधानमन्त्रीकै मुख ताक्नुपर्ने हो ? आफ्नो महानगरपालिकाभित्र रहेको समस्या आफुले समस्या गर्न महानगरपालिकाका कहाँ चुक्यो त ? फोहोर व्यवस्थापनको विषयमा महानगरले प्रतिबद्धता गर्छ कि केही दिनमै फोहोर व्यवस्थापन गर्छ ? सफा शहर हाम्रो रहर नारा किन व्यवहारमा कार्यान्वयन हुन सकेन? स्थानीय सरकार फोहोर व्यवस्थापन गर्ने विषयप्रति किन महानगरबासीप्रति उत्तरदायी हुन सकेन त? के महानगर आफ्नो कर्तव्यबाट मिल्छ र ? यस विषयमा महानगरको ध्यान जानु अति नै आवश्यक छ। यसैगरी काठमाडौंका विभिन्न क्षेत्रमा फ्याकिएका फोहोर उचित ठाउँमा लगेर राख्ने विषयतर्फ महानगरको ध्यान जानु अति नै आवश्यक छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.