विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाईरसको यस संकटकालीन अवस्थामा आज हिन्दु धर्मालम्बीहरूले श्रीकृष्ण जन्मअष्टमी विभिन्न देवालयहरुमा धुमधामका साथ मनाएका छन्। जस्तोसुकै कोरोनाको जोखिम भएपनि हिन्दू धर्मालम्बीहरुले देवालयहरूमा स्वास्थ्य मापदण्ड पालना गर्दै कृष्ण भगवानको पूजाअर्चना गरेका छन्। विभिन्न देशभरीका हिन्दू धर्मावलम्बीहरुले आज व्रत बसी देवालय हरुमा भगवान कृष्णको भजन गाउँदै ईश्वरसँग नजिक हुने पर्वको रुपमा लिएको कारण यस कोरोना भाईरसको महामारीको अवस्थामा पनि आफ्नो धर्म, संस्कृति संरक्षण र जगेनामा जोड दिएका छन्। धार्मिक आस्था राख्ने व्यक्तिहरु कोरोना भाईरसको संक्रमण भन्दापनि अध्यात्मिक भोकले लिप्क्त हुँदै ईश्वर परमात्मा सँग नजिक हुनुपर्छ भन्ने मान्यता राख्दै आज यो पर्व मनाएका छन्। ललितपुरको प्रसिद्ध श्रीकृष्णको मन्दिरमा आज श्रद्धालुहरूको घुईचोले मानिस कोरोना संक्रमण भन्दापनि ईश्वरी आस्थामा विश्वास राख्नुले धार्मिक आस्थाको सामु कोरोना भाईरस कमजोर भएको दृश्यबाट पष्ट भएको छ। त्यसैले यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम भएपनि कोरोनाले धार्मिक आस्थालाई छेक्न भने विफल भएको छ।
