Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

श्रीकृष्ण जन्मअष्टमीको महत्व र पूजा विधि

नारायण भगवान को २० औ अवतार श्रीकृष्ण धर्तीमा जन्म भएको दिनको उपलक्ष्यमा हिन्दू धर्मावलम्बीहरुले कृष्ण अष्टमी पर्व धुमधामका साथ मनाइन्छ। द्वापरयुगमा श्रीकृष्ण यस धर्तीमा प्रकट हुनु भएको कथन श्रीमतभागबत गीतामा समेत उल्लेख गरेको छ। श्रीकृष्ण अष्टमी अर्थात कृष्ण जन्मउत्सवको आफ्नै धार्मिक महत्व रहेको शस्त्रविद्हरु बताउँछन्। पौराणिक कथनअनुसार द्वापरयुगमा जब असुरको राज्य चल्दै गयो तब भगवान श्रीकृष्णलाई अत्यन्तै पीडाबोध भयो। अत्यन्तै पीडाबोध भएपछि पृथ्वीमा अधर्मको राज्य चल्दा अधर्मलाई सर्वनाश गर्न धार्मिकताको मार्गतर्फ मार्गनिर्देशन गर्न धर्तीमा प्रकट हुनुभएको उल्लेख छ।

श्रीकृष्ण जन्माष्टमी सम्बन्धी एक उल्लेखित कथामा उग्रसेनका भाई बासुदेव देवकी छोरी यशोदाको विवाहमा रथ चलाउदै गरेका कशंलाई यस्तो आकाशबाट जसको विवाहमा तिमी रथ चलाउदै छौ। उसको ८ औ सन्तानले तिम्रो हत्या गर्नेछ भनी भविष्यवाणी भएपछि यशोदालाई आफ्ना दाजु कशंले बन्दी बनाएर राखी यशोदाबाट जन्मेका ७ जना बच्चाहरु मारिदिएपछिको अवस्थामा ८ औ बालक भगवान श्रीकृष्ण बालकको रुपमा पृथ्वीमा आगमन हुन्छ आफ्नै मामा कशंले गरेका अधर्मको संहार गर्नुहुन्छ। पृथ्वीमा आगमन हुनुभएका भगवान श्रीकृष्णले मृत गोपी,गोपीकालाई जीवन दिनुहुन्छ। यसैगरी स्वर्गका राजा इन्द्रले मुसलधारे पानीको वर्षा गरी आफ्नो घमण्ड प्रकट गर्दा इन्द्रको घमण्डलाई गोवर्धन पर्वत खडा गर्नुभएको जसको कारण इन्द्रको घमण्ड तोडेको प्रंसग श्रीमतभागबतगीतामा उल्लेखित छ।

श्रीमतभागबतगीतामा उल्लेख गरिएअनुसार जब-जब पृथ्वीमा अन्याय-अत्याचार बढ्न थाल्छ त्यस समयमा कुनै न कुनै रूपमा श्रीकृष्ण प्रकट हुन्छ भन्ने विषयलाई उल्लेख गर्दै भगवान श्रीकृष्णको महिमा अपरम्पार छ भनी प्रष्ट व्याख्या गर्न खोजेको छ। त्यसैले प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीहरुले असत्य र अधर्मको विनाश गर्ने शक्ति आफूलाई भगवान श्रीकृष्णले प्रदान गरुन भनी श्री कृष्ण जन्म अष्टमीको दिनमा भगवान श्रीकृष्णको व्रत बसी पूजा आराधना र उपासना गर्ने गरिन्छ। श्रीकृष्ण जन्मअष्टमीको १ दिनअगावै सरसफाईमा जोड दिनुपर्ने र बिहानैबाट श्रीकृष्णको पूजाअर्चना गर्नुपर्ने श्रीमतभागबतगीता कथावाचकहरुको भनाई छ। यसैगरी आफूलाई जुन समयमा पूजा गर्दा मिल्छ त्यस समयमा पनि पुजा गर्न मिल्ने श्रीमतभागबतगीता कथावाचकहरू बताउँछन्।

यो पनि पढनुस !!

श्रीमतभागबतगीताको कथावाचकहरुका अनुसार श्रीकृष्ण जन्माष्टमीको दिनमा वर्त बस्ने व्यक्तिहरूले गर्नुपर्ने विधि प्रष्ट बताएका छन्। ‌

१. श्रीकृष्ण अष्टमीको एकदिन अगावै बेलुका नै ब्रह्मचर्य गर्ने व्यक्तिहरुले सरसफाईमा ध्यान दिनुपर्छ।
२.श्रीकृष्ण अष्टमीको दिन बिहान सबेरै माता लक्ष्मीलाई ढोग गरी स्नान गर्नुपर्दछ।
३. गायत्री मन्त्र जप गर्नुपर्दछ।
४. गायत्री मन्त्र जप गरेलगतै पूजा सामग्री तयारमा जोड दिनुपर्छ।
५. श्रीकृष्णको पूजा अर्चना गर्दा बालगोपालेश्वरको मूर्ति, श्रीकृष्णले दही खादै गरेको तस्बिर, श्रीकृष्ण भगवान आफ्ना माता यशोदाको काखमा बसेको फोटो, शालिग्राम आदिमा आफ्नो स्वइच्छाअनुसार पूजा गर्नुपर्दछ।
६. त्यसलगत्तै ॐ गणपतये नम: मन्त्र जप गर्दै भगवान गणेशको पूजा गर्नुपर्दछ।
७. जौ,तिल, चन्दन र कपडा राखेर कलश स्थापना गरी कलशको पूजा गर्नुपर्दछ।
८. आफ्नो मनोकामना भगवानले पूरा गरिदिउन् भन्ने उदेश्य लिएर गोत्र, नाम खुलाएर भगवानसँग प्रार्थना गर्नु पर्दछ।
९. जल संकल्प गर्नुपर्छ।
१०. देवीभागवत राधाको पुजा गरि ॐ श्री राधा ये नम: मन्त्रलाई जप गर्दै श्रीकृष्णको राधालाई पुष्प चढाई पूजा गर्नुपर्दछ।
११. श्रीकृष्णका माता यशोदा र पिता वासुदेवलाई सम्झँदै श्रीकृष्णको मन्त्र जप गर्दै कुशको टुक्रा विधिपूर्वक चढाउनुपर्छ।
१२. धार्मिक विधि अनुरुप कपुर मिसिएको जल अर्घ दिनुपर्छ।
१३. भगवान श्रीकृष्णको मूर्तिमा पञ्चामृतले धार्मिक विधि अनुरुप स्नान गरि दिनुपर्दछ। पंचामृत भन्नाले दुध, दही,घिउ, मह, चिनी आदिले भगवानको स्नान गर्नु पर्छ भनी बुझ्नुपर्दछ।
१४. स्नान गरेपछि भगवान श्रीकृष्णको मूर्तिलाई फुलको बिछ्यौनामा राखी विग्रह स्थापना गर्नुपर्दछ। यससँगै भगवान श्रीकृष्णको मूर्तिमा सेतो पहेलो वस्त्र धार्मिक विधिअनुरूप धारण गराउनुपर्ने शास्त्रमा उल्लेखित छ।
१५. तुलसीपत्र अर्पण , पुष्पमाला अर्पण गरी श्रीकृष्णको १४ अङ्गको नाम जप गर्दै ॐ नमो भागवती वासुदेवाय १२ अक्षरको मन्त्र जप गरी पूजामा सरिक हुनु पर्दछ।
१६. रुक्मणी, जामबवती, सत्यभामा,कालिन्दी,भिगबिन्दा,सत्या, लक्ष्यमणा नाम गरेका श्रीकृष्णका आठ पत्नीहरुलाई आठ पटक चन्दन र अक्षता चढाई धार्मिक विधिअनुरुप पूजा गर्नुपर्छ ।
१७. श्रीकृष्णका सबै गोपी गोपीनीलाई सम्झिएर नमस्कार गर्नु पर्दछ।
१८. त्यसलगत्तै क्रमशः घिउमा भिजाएको धुप बाल्नुपर्दछ।
१९.भगवानका लागि अर्पण गर्न बनाइएको खाद्य सामग्री, फलफूल आदि विधिपूर्वक चढाई भगवान श्रीकृष्णको मूर्तिमा मालाअर्पण गर्नु पर्दछ। २०.भगवानको नाम जप्दै आरती गर्नुपर्दछ।
२१. यसैगरी रातको समयमा चन्द्रमालाई अर्घ दिएपछि राती १२ बजेसम्म व्रतालु जाग्राम रहनुपर्दछ।
२२. राती १२ बजे चन्द्रमालाई अर्घ दिएपछि श्री कृष्ण अष्टमीको भोलिपल्ट बिहान स्नान गरेर पण्डितलाई सिरा दान दिएपछि विधिपूर्वक व्रत समाप्त हुन्छ। यसरी विधिपूर्वक बस्ने हिन्दू धर्मावलम्बीहरूले मान्ने श्रीकृष्ण जन्मअष्टमीको आफ्नै धार्मिक महत्व र विशेषता रहिआएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.