Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

काठमाडौँ वडा नम्बर १७ ढल्को स्थित इन्द्रायणी मन्दिरको आफ्नै धार्मिक विशेषता

काठमाडौँ वडा नम्बर १७ ढल्को स्थित रहेको इन्द्रायणी मन्दिरको आफ्नै धार्मिक विशेषता एवम् महत्त्व रहिआएको छ। इन्द्रायणी माताको दर्शन गर्न प्रत्येक दिन यहाँ श्रद्धालुहरूको घुईचो लाग्ने गर्दछ। इन्द्रायणी माताको दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक जनविश्वासलाई आधार मान्दै श्रद्धालुहरु इन्द्रेणी मन्दिरमा भगवानको दर्शन गर्न आउँदछन्।

परम्परागत कालदेखि ढल्कोको स्थानीयबासीहरुले शक्तिपीठकी देवी भनेर इन्द्रायणी मातालाई मान्ने गरेका छन्। यसैगरी प्रत्येक वर्ष पशुपतिमा सद्बीज छर्ने दिनमा ढल्कोका स्थानीयबासीहरुले इन्द्रायणी माताको पूजा आराधना गर्दै बाला चर्ये पर्व भव्यरुपमा मनाउने गरेको छ। प्राचीन समयदेखि वर्तमान समयसम्म यहाँका नेवार स्थानीय समुदायले मनाईएको बाला चर्ये पर्वको आफ्नै धार्मिक र सांस्कृतिक विशेषता रहिआएको छ।

यो पर्व किन मनाईन्छ? यस पर्वको औचित्य के हो भनी स्थानीय समुदायका ज्येष्ठ नागरिकलाई सोध्दा जेष्ठ नागरिकहरूले इन्द्रायणी मन्दिर शक्तिपीठ रहेको बताएका छन्। ज्येष्ठ नागरिकका अनुसार प्राचिनकालमा इन्द्रायणी देवी स्वर्गलोकबाट यस स्थानमा आगमन हुनुभएको थियो। स्वर्गलोकबाट आगमन हुनुभएका देवीले विष्णुमति आसपासको क्षेत्रमा शरण लिनु भएको इतिहासका जानकार व्यक्तिहरु बताउँछन्।

यो पनि पढनुस !!

विष्णुमत्ती आसपासका क्षेत्रमा शरण लिएका देवीले भगवानहरूको सभा हुँदा गरगहनाको अभावमा भगवानहरु बाट तिरस्कृत हुर्नुपरेको र अवहेलना सहदै सभाबाट छुटेपछि आफ्नो छोराछोरीहरु बाटोमै छुटिदाको वेदनामा रहेको देवीले बाला चर्येका दिन आफूसँग छुटेका छोराछोरीलाई भेटेको दिन मनोआंकक्षा पुरा गरेको दिनको रुपमा सम्झँदै यहाँका स्थानीयबासीहरुले प्रत्येक वर्ष बाला चर्येका दिनलाई पर्वको रुपमा स्वीकार गर्दै मनाउँछन्।

काठमाडौँ वडा नम्बर १७ ढल्को स्थित रहेको इन्द्रायणी मन्दिर

आफ्ना छोराछोरीलाई मनोआंकक्षा पूरा गर्ने इन्द्रायणी माताको आफू पनि सन्तान भएकाले इन्द्रायणी माताले सबैको मनोआंकक्षा पुरा गर्छन भन्ने धार्मिक जनविश्वासका साथ ढल्कोका स्थानीय नेवार समुदायले बाला चर्ये पर्व धुमधामका साथ मनाउने गरिन्छ। यस पर्वका दिनमा जिउँदो एक जोडी परेवा,एक जोडी माछा,एक जोडी सर्प,एक जोडी परेवालाई होमबलि दिने गरिन्छ। धार्मिक विधिअनुरुप बाजा बजाउने,बालबालिकालाई प्रसाद बाड्ने,देवतालाई नगरपरिक्रमा गराउने प्रचलन छ। यस पर्वलाई लक्षित गर्दै यस स्थानको स्थानीयबासीहरुले आफ्नो आफन्तजनलाई नकत्या बोलाउने पनि गरिन्छ। इन्द्रायणी माताले सबैको मनको ईच्छा पूरा गर्ने धार्मिक जनविश्वास रहेकाले यहाँका स्थानीय व्यक्तिहरुले प्रत्येक वर्ष बाला चर्ये पर्व मनाउँछन्।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.