Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अफगानिस्तानको विमानस्थलमा आत्मघाती बम विष्फोट

लामो समयदेखि चलिरहेको युद्धले अफगानिस्तानमा चरम रूपमा बढ्दै गएको छ। अफगानिस्तानको राजधानी काबुलमा एकपछि अर्काे आतंककारी हमलाको कारण त्यहाँका नागरिकहरू त्रासमा रहेका छन्। आत्मघाती बम बिस्फोट अफगानिस्तानको काबुल विमानस्थल बाहिर भएपछि ९० जनाको मृत्यु भएसँगै सयौ व्यक्ति घाईते भएका छन्। त्यससँगै ३ अमेरिकी सैनिक विमानस्थलमा घाईते भएका छन्। यसैगरी अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट भएसँगै काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा नजान अमेरिकी, बेलायती सरकारले आफ्ना नागरिकहरूलाई अपिल गरेको छ। नेपाल सरकारले अफगानिस्तानको विमानस्थलमा रहेको ४३ नागरिकहरू सुरक्षित रहेको र आफ्नो देशको नागरिकहरूलाई सुरक्षाको लागि भारतको लागि नेपाली राजदूत भएका नीलम्बर आचार्यलाई जिम्मेवारी दिइएको छ। राजदूत नीलम्बर आचार्यले कसैलाई पनि काबुल अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सुरक्षित रहन र समस्या र कठिन परिस्थितिमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। विमानस्थल क्षेत्रमा रहेको नेपालीहरु सुरक्षित स्थानतर्फ

अफगानिस्तानको विमानस्थलमा आत्मघाती बम विष्फोट।

लाग्न राजदूत आचार्यले अफगानिस्तानमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभयो। अफगानिस्तानमा बम विस्फोट भएसँगै अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कार्जाइ र मिलन उच्च परिषद्का प्रमुखलाई तालिवानले कब्जामा लिएको खबर पनि विभिन्न सञ्चार माध्यमबाट बाहिरिएको छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.