Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

वरिष्ठ जनगायक जेबी टुहुरेको निधन

जनसांस्कृतिक महासंघ नेपालका संरक्षक एवम् नेकपा माओवादीका पूर्व संविधानसभा सदस्य पनि हुन्।

नेपाली संगीत जगतका चम्किलो तारा वरिष्ठ जनगायक जेबी टुहुरेको आज दिउँसो १२.३० बजे निधन भएको छ। मुटु, फोक्सो,कलेजो,मधुमेह रक्तचाप दीर्घरोगी टुहुरे मंगलबार घरमा एक्कासी लडेपछि अस्पतालमा उपचार गर्ने क्रममा बोधगया अस्पतालमा उनको आज बिहीबार दिउँसो निधन भएको हो। वरिष्ठ जनगायक संगसंगै जनसांस्कृतिक महासंघ नेपालका संरक्षक एवम् नेकपा माओवादीका पूर्व संविधानसभा सदस्य पनि हुन्। जीवन कालको अन्तरालमा उनले संगीतको माध्यमबाट जनताको हकहितको पक्षमा संगीतको माध्यमबाट आवाज उठाउँदै आएका छन्।

जेबी टुहुरेले आधी खोलैले,आमा दिदी बहिनी हो कति बस्छौ सहेर,चौरी चढ्ने ठाउँमा, छोराहरू हो, दुखको बोझ, जुनीभरी मुटु,के दिउँ दाईजो, रातको अनिन्द्रा, सक्रान्ति मानी दिँदा,वैश हिड्नेको तातीले लगायतका गीत गाएर संगीत क्षेत्रमा जीवनभर आफूलाई स्थापित गराउन सफल भएका व्यक्तिको आज अकस्मात् भएको निधन हुनुले संगीत जगत् र राजनैतिक जगत् शोकमग्न र स्तब्ध भएको छ।प्रकाश कपाली (सह-सम्पादक)

यो पनि पढनुस !!
वरिष्ठ जनगायक जेबी टुहुरेको निधन।
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.