Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

माधवकुमार नेपाललाई नेकपा एमाले पार्टीमा फर्कन नेकपाका नेताहरुले गरेको आग्रह

नेकपा एमालेको केन्द्रीय समितिको बैठकले आगामी महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। यसैगरी नेकपा एमालेको बैठकमा पार्टीको विधान महाधिवेशन असोज ५ र ६ गते गर्ने नेकपा एमालेको स्थायी कमिटीको बैठकले निर्णय गरेको छ।

नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशनको निर्णय संगै पूर्व एमालेका नेकपा एकीकृत समाजवादी दल दर्ता गरी नेकपा एमालेबाट छुट्टिएका नेता तथा कार्यकर्तालाई पुर्न: एकपटक पार्टीमा सहभागी भई नेकपा एमालेको पार्टी एकताको लागि सहयोग गर्न आग्रह गरेका छन्।

यो पनि पढनुस !!

नेकपा एमालेबाट छुट्टीएर नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका नेकपा एकीकृत समाजवादी अध्यक्ष एवंम् नेता माधवकुमार नेपालले कुनैपनि हालतमा नेकपा एमालेको पार्टी एकतामा सहभागी हुन नसक्ने प्रतिबद्धता समेत जनाएका छन्। दल दर्ता गर्न रोकिएको नेकपा एमालेका नेताहरूको सबै प्रयासहरु असफल हुँने बताएका छन्।

नेकपा एमालेका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली संघीयता र धर्मनिरपेक्षता बिरोधी भएको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् नेता नेपालले आरोप लगाएका छन्। पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुलाई गरेको आग्रह र नेकपा एकीकृत समाजवादी पार्टीका नेताले अस्वीकार गर्नुको कारण एमालेका नेताहरूले गरेको आग्रह औचित्यहीन बन्न पुगेको छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.